- Loading...
काेराेना फैलिएपछि रघुगंगा गाउँपालिका माघ १२ र शैक्षिक संस्था १५ गतेसम्म बन्द
- पुनहिल डट कम
- ३ साल अघि
- २९८ पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचना प्रकाशित गरी जानकारी गराएकाे छ ।
त्यसैगरि गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरुमा माघ ५ गतेदेखि १५ गतेसम्मका लागि भौतिक रुपमा गरिने पठनपाठन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
त्यसैविच गाउँपालिकाले समुदाय स्तरमा तपाईको मास्क खोई ? अभियान सञ्चालन गरिने र घरबाहिरबाट घर जाँदा सावुन पानीले हात हुने र धुन लगाउने लगायतका अभियान चलाइने जनाएको छ । २५ जना भन्दा बढी व्यक्तिहरु भेला हुने गरि कुनैपनि भेला तथा मेलाहरु गर्न रोक लगाउने, सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप कार्डलाई अनिवार्य गर्ने र कोरोना विरुद्धको खोप लगाउनबाट छुटेका लक्षित समुहका नागरिकलाई खोपको व्यवस्था गरिएकाले खोपको सुनिश्चित गरिने जनाइएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
