FLASH NEWS
  • Loading...

बेनी नगरका बिद्यालय भाेली ६ देखि १५ गतेसम्म बन्द हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८९ पटक पढिएको
बेनी नगरका बिद्यालय भाेली ६ देखि १५ गतेसम्म बन्द हुने

कोरोना संक्रमण बढे सँगै बेनी नगरपालिका भित्रका सवै विद्यालयहरु भाेली माघ ६ देखि १५ गते सम्म बन्द गरिने भएको छ ।

बालबालिकाहरुमा कोरोना संक्रमण जोखिम बढेको भन्दै १० दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय भएको बेनी नगरपालिकाले जनाएको छ । बुधवार बसेको नगरस्तीय द्रुत प्रतिकार्यसमिति र विद्यालयका प्रधानाध्यापकसँगको संयुक्त वैठकले नगर भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी युवराज थापाले बताए।

बैठकले पूर्वनिर्धारित सञ्चालित परिक्षा कार्यक्रमहरू भने विद्यालयले जनस्वास्थ्य र सुरक्षाका मापदण्ड अवलम्बन गरी परिक्षार्थीलाइ जेड आकारमा बसाई व्यवस्थापन मिलाउने र परिक्षा केन्द्रहरुमा मास्क र स्यानिटाइजरको प्रयोगलाई कडाईका साथ पालना गराउन निर्देशन गरेकाे छ ।