FLASH NEWS
  • Loading...

के भए माैषमी फ्लु हाे, के भए अाेमिक्राेन ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७२ पटक पढिएको
के भए माैषमी फ्लु हाे, के भए अाेमिक्राेन ?

मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनको पछिल्लो भेरिएण्ट ओमिक्रोन को संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ।  

आम मानिसले आफुलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ । 

मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चीसोले हुने रुघाखोकी) हो, कमन कोल्डको  बेसिक लक्षण छुट्याउने  एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो  धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीहरुलाई । सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ ।

फ्लु भनेको चाहीँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो ।  सबै  फ्लुको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो यो । इन्फ्लुयन्जा र कोभिड फ्लु मा चाहीँ हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु प¥यो । फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा गाह्रो छ । तर  ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहीँ कोभिडमा मात्रै देखिरहेको छ ।

अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरुमा प्लस, माइनस, तथा घाटी टन्सील नै भएसरी दुख्ने छन ।  घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघाखाेकी लाग्दैमा ओमिक्रोन हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्युयन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिदैनँ । पिसिआर गर्नैपर्छ ।

मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधीहरु प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरु मन तातो पानि खाने, पानीको मात्रा शरिरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिड्ने त्यो चाहीँ मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ । 

जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लुमा जान्छ । फ्लु भन्ने बित्तिकै मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो । फ्लु भनेको भाइरसले गर्दा हुने हो । फ्लुमा चाहीँ ज्वरो पनि आउँछ । दुई, तिन दिन ज्वरो आउँछ । प्रायः हामीले प्याटर्न हेर्दाखेरी बिरामीलाई तिन दिनसम्म ज्वरो आएको । तिन दिन पछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ । 

पिसिआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिदैन । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर बाहिर पठाउनुपर्ने हुन्छ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त । त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो । अनि अर्को कुरा, हात धुने । स्यानिटाइजरहरु लगाउने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामको लागि बाहिर नहिड्ने ।