FLASH NEWS
  • Loading...

काेराेना फैलिएपछि रघुगंगा गाउँपालिका माघ १२ र शैक्षिक संस्था १५ गतेसम्म बन्द

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३४ पटक पढिएको
काेराेना फैलिएपछि रघुगंगा गाउँपालिका माघ १२ र शैक्षिक संस्था १५ गतेसम्म बन्द

म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचना प्रकाशित गरी जानकारी गराएकाे छ । 

त्यसैगरि गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरुमा माघ ५ गतेदेखि १५ गतेसम्मका लागि भौतिक रुपमा गरिने पठनपाठन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

त्यसैविच गाउँपालिकाले समुदाय स्तरमा तपाईको मास्क खोई ? अभियान सञ्चालन गरिने र घरबाहिरबाट घर जाँदा सावुन पानीले हात हुने र धुन लगाउने लगायतका अभियान चलाइने जनाएको छ । २५ जना भन्दा बढी व्यक्तिहरु भेला हुने गरि कुनैपनि भेला तथा मेलाहरु गर्न रोक लगाउने, सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप कार्डलाई अनिवार्य गर्ने र कोरोना विरुद्धको खोप लगाउनबाट छुटेका लक्षित समुहका नागरिकलाई खोपको व्यवस्था गरिएकाले खोपको सुनिश्चित गरिने जनाइएको छ ।