FLASH NEWS
  • Loading...

यस्ता कारणले देखिन्छ डरलाग्दो सपना

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२२ पटक पढिएको
यस्ता कारणले देखिन्छ डरलाग्दो सपना

मानिस सुतेपछि अनेकथरी सपना देख्ने गर्छन् । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिन्छ । सपनामा देखिएका घटनाले गर्दा डराउने, आत्तिने, फेरि ननिदाउने र कतिपय अवस्थामा उठेर हिँड्नेजस्ता गतिविधिसमेत हुन्छ ।

कहिलेकाहीँ डरलाग्दो सपना देख्नु सामान्य हो । तर, लगातार डरलाग्दो सपना आउन थाल्यो भने त्यो मनोवैज्ञानिक समस्या हो । यसको समयमै उपचार गर्नु आवश्यक हुन्छ ।

 

यी कारणले देखिन्छ डरलाग्दो सपना

– अनिद्रा तथा निद्राको गडबडीका कारण डरलाग्दा सपना देखिने गर्छ ।

 

– कमजोर मनोविज्ञान भएका मानिसले डरलाग्दा सपना बढी देख्ने गर्छन् । दिनभर घट्ने घटना, परिवेश र वातावरणले उनीहरूलाई असर पारेको हुन्छ ।

– जीवनमा घटेका डरलाग्दा घटनाका कारण तथा लगातार तनाव भएमा ।

 

– नसालु पदार्थ सेवन गर्ने मानिसमा समेत यस्तो समस्या देखिन्छ ।

– बालबालिका र किशोरकिशोरीमा पनि यस्तो समस्या बढी देखिन्छ । बढ्दो उमेरमा हुने मानसिक परिवर्तन र कमजोर मनोविज्ञानका कारण उनीहरूमा यो समस्या हुन्छ ।