FLASH NEWS
  • Loading...

म्याग्दी काँग्रेसका संस्थापक स्व.वोगटीलाई मरणोप्रान्त ‘रत्नेचौरको रत्न’ सम्मान

  • पुनहिल डट कम
  • २ साल अघि
  • २३६ पटक पढिएको
म्याग्दी काँग्रेसका संस्थापक स्व.वोगटीलाई मरणोप्रान्त ‘रत्नेचौरको रत्न’ सम्मान

नेपाली काँग्रेस म्याग्दीका संस्थापक सभापति ओमबहादुर बोगटीलाई मरणोप्रान्त ‘रत्नेचौरको रत्न’ ले सम्मान गरिएको छ ।
नेपाली काँग्रेस बेनी नगरपालिका, १ रत्नेचौरले स्व.बोगटीलाई २६ औं स्मृति दिवसको अवसरमा मंगलवार एक कार्यक्रम विच प्रदान मरणोप्रान्त ‘रत्नेचौरको रत्न’ को सम्मान गरिएको हो । रत्नेचौरस्थित बोगटीथर फाँटमा रहेको स्व. वोगटीको घरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले बोगटीकी धर्मपत्नी लिला बोगटीलाई अर्पण गरेकी थिईन ।
स्व.वोगटीको स्मृति सभामा नेका बेनी नपा, १ वडा समितिले बेनीका लेखक अजयमिलन श्रेष्ठलाई ‘लोकप्रिय साहित्यकार’बाट सम्मान गरेको छ । श्रेष्ठले लेखेको ‘म्याग्दीका चम्किला तारा’ पुस्तककालागी दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको काँग्रेस म्याग्दीका युवा नेता विक्रम बोगटीले उल्लेख गरे । 

सो अवसरमा म्याग्दी काँग्रेसका नेताहरु रेशम बानिया, नेत्र महत समेतका वक्ताले स्व.वोगटीले काँग्रेस म्याग्दीको स्थापना र संगठन विस्तारमा पुऱ्याएको योगदानको चर्चा गरेका थिए ।
उक्त अवसरमा स्व.ओमबहादुर बोगटीको स्मृतिमा स्थापित ‘ओमबो मेमोरियल ट्रष्ट’ले अपाङ्गता भएका लालबहादुर किसान, रामजी नेपालीलाई न्यानो ब्लान्केट र भानु माविबाट कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने यमुना नेपालीलाई नगद ५ हजार ५ सय ५५ रुपैयाले सम्मान गरिएको थियो ।
स्व.बोगटी म्याग्दी काँग्रेसका संस्थापक मात्र होईन, म्याग्दीमा निजी क्षेत्रबाट विद्यालय संञ्चालन गर्ने (बोर्डिङ स्कुल)खोल्ने पहिलो ब्यक्ति पनि हुन ।