FLASH NEWS
  • Loading...

मंगलवार म्याग्दीमा २५ जना कोरोना संक्रमित थपिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४९ पटक पढिएको
मंगलवार म्याग्दीमा २५ जना कोरोना संक्रमित थपिए

म्याग्दीमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका अनुसार एन्टिजेन परिक्षणबाट १६ र पीसिआर परिक्षणबाट ९ गरी २५ जना कोरोना संक्रमित भएको जनाएको छ ।

पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका साथै म्याग्दीमा पनि केही दिन यता कोरोना संक्रमणको दरमा वृद्धि हुनथालेको छ ।