आज:  | Thu, 19, May, 2022

मंगलवार म्याग्दीमा २५ जना कोरोना संक्रमित थपिए

४ माघ २०७८, मंगलवार २०:४० मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

म्याग्दीमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका अनुसार एन्टिजेन परिक्षणबाट १६ र पीसिआर परिक्षणबाट ९ गरी २५ जना कोरोना संक्रमित भएको जनाएको छ ।

पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका साथै म्याग्दीमा पनि केही दिन यता कोरोना संक्रमणको दरमा वृद्धि हुनथालेको छ ।