FLASH NEWS
  • Loading...

नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीद्वारा ज्ञापन पत्र

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८० पटक पढिएको
नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीद्वारा ज्ञापन पत्र

नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानालाई ज्ञापन पत्र बुझाएको छ ।

‘संविधान कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि राष्ट्रिय आन्दोलन’ कार्यक्रम अनुसार मुक्ति समाजले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई २० बुँदे मागहरु सहितको ज्ञापन पत्र पठाएको हो ।

जिल्ला प्रशासन कार्यालयमा पुगेको जातीय मुक्ति समाजका जिल्ला संयोजक खरमाया बिटालु, सचिव कुमार थापा किसान लगाएतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा जातीय विभेद तथा छुवाछुतका घटनाहरुमा संलग्न अपराधीहरुलाई कानून अनुसारको कार्वाही र पीडितलाई उचित न्याय दिनुपर्ने, आधारभूत देखि उच्च शिक्षा सम्म छात्रवृत्तिको ब्यबस्था गर्नुपर्ने, सरकारी नीति अनुसार बिदेशमा उच्च शिक्षा पढ्न पाउने छात्रवृत्ति कोटामा दलितलाई समावेश गर्नुपर्ने, दलित समुदायको परम्परागत पेशा, सिप र कलाको बिकासमा उचित नीति बनाउनुपर्ने, भूमिहिन दलित सुकुम्वासीलाई जमिन उपलब्ध गराउनुपर्ने जस्ता मागहरु समावेश गरिएको छ ।