FLASH NEWS
  • Loading...

ज्वरो र रुघाखोकीका विरामी बढे, छैन काेराेना सावधानी

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२७ पटक पढिएको
ज्वरो र रुघाखोकीका विरामी बढे, छैन काेराेना सावधानी

जिल्लामा ज्वरो र रुघाखोकीका विरामी बढेपनी स्थानीयले सामान्य लक्षण भन्दै स्वास्थ्य परिक्षण आनाकानी गरिरहेका छन ।
कोरोना संक्रमणको तेस्रो लहर तिव्र फैलिएपनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र लक्षण देखिएकाहरुको स्वास्थ्य परिक्षण ज्यादै न्युन छ । कोरोना संक्रमणको दर फेरी बढ्न थालेको छ । स्वास्थ्य कार्यालयका अनुसार सोमबार साँझ ५ बजेसम्म जिल्लामा ४० जना सक्रिय संक्रमित रहेका छन ।
स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य परिक्षण गरिएकामध्य ४० प्रतिशतबढीमा कोरोना पोजेटिभ देखिने गरेको छ । स्वास्थ्य सावधानी अपनाउन आनाकानी गर्नेमा सर्वसाधारण मात्र होईन, शिक्षित र कोरोना विरुद्धको खोप लगाएका बढी छन ।
‘ज्वरो र रुघाखोकीका विरामी अत्यधिक बढेपनि परिक्षण गराउनेको संख्या भने न्युन छ । हामीले खोप लगाएका छौं, ओमीक्रोनको प्रभाव धेरै छैन, सामान्य हो भन्ने धेरै देखिए’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले भने, ‘जिल्लामा कोरोना परिक्षण गरेकामध्य ३५–४० प्रतिशतमा संक्रमण पुष्टी भएको छ ।’
त्यसैविच म्याग्दीका पहिलो लाईनमा खटिने श्वास्थ्यकर्मी, सरकारी कर्मचारी, जनप्रतिनिधी, सुरक्षाकर्मी, वैंक/वित्तिय संस्थाका कर्मचारी र पत्रकार समेतका माघ ५ र ६ गते वुस्टर डोज लगाईने भएको छ । त्यसैगरी ६० बर्षमाथीका नागरिक तथा दीर्घराेगीलाइ माघ १४ गतेबाट वुस्टर डाेज लगाइर्ने भएकाे छ ।