- Loading...
फेसबुकमा तपाईंले कति समय बिताउनुभयो ?
- पुनहिल डट कम
- ३ साल अघि
- ५४८ पटक पढिएको

फेसबुकमा तपाईं कति समय बिताउनुहुन्छ ? यसको लेखाजोखा कहिल्यै गर्नुभएको छ त ? वास्तवमा फेसबुकमा आफूले बिताउने समयले पनि यसप्रति आफ्नो कति लगाव छ भन्ने कुरा थाहा पाउन सकिन्छ । आज हामी यही विषयमा छोटो जानकारी दिँदैछौं ।
फेसबुकमा बिताएको समय थाहा पाउन आईओएस वा एन्ड्राेइडका लागि फेसबुक एप प्रयोग गरेको हुनुपर्छ । फेसबुकमा तपाईंले खर्च गरेको समय आफ्नो डिभाइसमा फेसबुक एप प्रयोग गरी हेर्न सक्नुहुन्छ ।
फेसबुकमा बिताएको समय तपाईंले एप खोल्दा सुरु हुन्छ र तपाईंले यसलाई बन्द गर्दा वा डिभाइसमा अर्को एप प्रयोग गर्दा समय समाप्त हुन्छ ।
आफूले फेसबुकमा बिताएको समय थाहा पाउन:
-फेसबुकको माथि दायाँपट्टि रहेको तीन धर्कामा ट्याप गर्नुहोस् ।
-Setting & Privacy मा जानुहोस् ।
-Your Time on Facebook मा ट्याप गर्नुहोस् ।
तपाईंले आफ्नो डिभाइसमा फेसबुक एप प्रयोग गरेर बिताएको प्रति दिनको औसत समय देख्नुहुनेछ । तपाईंले विगत सात दिनमा एप प्रयोग गरेर कति समय बिताउनुभएको छ भन्ने कुराको भिजुअल प्रतिनिधित्व पनि देख्नुहुनेछ ।
Your Time on Facebook मा ट्याप गरिसकेपछि Set Daily Time Reminder गरेर तपाइले समय सीमा पनि राख्न सक्नुहुन्छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
