FLASH NEWS
  • Loading...

नारच्याङमा नि:शुल्क स्वास्थ्य शिविर

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८८ पटक पढिएको
नारच्याङमा नि:शुल्क स्वास्थ्य शिविर

नेपाली सेनाको संयोजन अन्नपूर्ण गाउँपालिका, जिल्ला प्रशासन र बेनी अस्पतालको आयोजनामा आईतवार अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ्ग स्थित कोभिड अस्थाइ अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्थानीय आयोजक रहेको अन्नपूर्ण गापाका अनुसार शिविरबाट १ सय ५ जना महिलासमेत १ सय ६३ जनाले स्वास्थ्य लाभ लिएका छन । धवलागिरी अस्पताल बाग्लुङ्गका डाक्टर सुलभ श्रेष्ठ, स्वीकृती मर्हजन र बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जीतेन्द्र कंडेल समेतको स्वास्थ्यकर्मीको टोली विरामीको स्वास्थ्य परिक्षण, औषधी वितरण समेत गरेको थियो । शिविरमा एक जना गर्भवती जाँच समेत ९ जनाको अल्ट्रासाउण्ड गरिनुको साथै १९ जना महिलासमेत २९ जनाले दाँत सम्बन्धी सेवा लिएका थिए ।
शिविरमा ६ जनाको एन्टीजिन परिक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
‘अन्नपूर्ण गापाको कोभिड अस्थाई अस्पतालमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविरबाट १ सय ६३ बढी विरामी लाभान्वीत भएका छन’ प्रमुख प्रशासकीय अधिकृत सुरनप्रसाद शर्माले भने, ‘शिविरमा नारच्याङ, दाना, भुरुङसमेत वरपरका स्थानीयले सेवा लिएका थिए ।’