- Loading...
विछाेडको पर्व अर्थात माघे संक्रान्ति
- पुनहिल डट कम
- ३ साल अघि
- ३८२ पटक पढिएको

फाइल तस्वीर
माघे संक्रान्तिलाई विछोड/विदाईको पर्व पनि हो । माघे संक्रान्तिपछि ‘उभौली’ सुरु हुन्छ । हिउँदमा जाडो छल्न वेंशी झरेकाहरु छुट्टिएर आ–आफ्ना खर्क तर्फ गोठ लग्ने हुँदा माघे संक्रान्ति उल्लास पूर्वक मनाउने र हिउँमा माईती भेट्न आएका चेलीवेटीलाई वनको कन्दमुल खुवाई विदाई गर्ने पुख्यौली चलन हो । त्यसैले विछाेडकाे पर्व भनिएकाे हाे ।
मगरजातीको प्रमुख चाड यस वर्ष पनि खल्लो रह्यो । सदरमुकाममा साँस्कृति झाँकी सहित गरिदै आएको माघे संक्रान्ती पर्व यस वर्ष मगर संघले औपचारिकताकालागी सिमित पुख्यौली समुहले ‘सरस्वती’ पुजा गरी मनाए ।
औपचारिक कार्यक्रम नगरेपनि म्याग्दीका मगरहरुले घर–घरमा वन तरुलले बनाएको प्रसाद ‘निस्रो’ले कुलदेवता र दिदीबहिनीको पुजा गरी माघे संक्रान्ती मनाए । वनको कन्दमुल तरुलको परिकार बनाई चेलीवेटी पुज्ने र पितृ पुजागरी मनाउने गर्छन । पुस मसान्तमा दाजुभाईले ल्याएको वनतरुललाई राती पकाउने चलन छ । माघे संक्रान्तिको विहान नुहाई पुर्खा (कुलकुलायन)लाई पुजागरी दिदीबहिनीलाई तरुलको विशेष खाना ‘निस्रो’ दिने गर्छन । महिलाहरु निस्रो लिएर वनमा गै निस्रो खाँदै रमाईलो गर्ने र पुरुषले दिनभर धनुष काँडा (तारो हान्ने) खेल्ने परम्परा हो । तर कोरोना महामारीको कारण मगरहरुले सामुहिक रुपमा माघी मनाउन पाएका छैनन ।
‘माघे संक्रान्ति पर्व मनाउने पुख्यौली संस्कार थेग्न एक दिन भएपनि औपचारिकतामा सिमित थियो । यो कोरोना महामारीले झन त्यो पनि गर्न दिएन । सामुहिक पर्व मनाउन नपाएपनि घर–घरमा भने तरुलका परिकार सहित उल्सासमय रुपमा मनायौं’ नेपाल मगर संघ म्याग्दीकी अध्यक्ष डकमायाँ पाईजाले भनिन, ‘संस्कार र संस्कृति पनि फेरिएको छ । पुर्खाले गरेका सवै संस्कार संभव छैन । यो निरन्तर प्रकृया मात्र हो ।’
पशु चौपायासहित जहाँ जे बाली पाक्छ त्यही नै वसोवास गरि अर्कोवाली खान अर्को खर्क (खेतिफाँटमा) वसाई, जाडो/गर्मी मौषम अनुसार गोठलाई लेक–वेंशी गर्ने परम्परालाई नै ‘उधौली–उभौली’ भन्ने गरिन्छ ।
फिरन्ते गोठ राख्ने (पशुचौपाया पाल्ने) र खेति गरिने फाँट अनुसार वस्ती सार्ने परम्परामा माघदेखी हिंउँद सकिएकोले अव विस्तारै वेंशी झरेका गोठहरु माथिल्लो क्षेत्र तर्फ लग्ने प्रचलन छ ।
त्यसैविच म्याग्दी र कालीगण्डकी नदी दोभान बेनीमा परम्परादेखी लाग्दै आएको माघे संक्रान्ती मेला पनि यस वर्ष लागेन । सूर्य धनु राशी छोडेर मकर राशीमा प्रवेश गर्न पहिलो दिन (माघ १)लाई मकर सक्रान्तीका दिन म्याग्दी र कालीगण्डकी दोभानमा गै स्नान गर्ने गरिन्थ्यो । यस वर्ष पनि कोरोना महामारीको कारण भीडभाड गर्न सरकारले रोक लगाएकोले बेनी दोभानमा स्नान गर्नेको संख्या नगन्य रह्यो ।
पछिल्ला केही वर्षदेखी म्याग्दी उद्योग संघ मातहतको महिला उद्यमी संघले माघे संक्रान्तीका दिन सडक खाना महोत्सव पनि यस वर्ष पनि मनाईएन । सघले यस वर्ष कोरोना संक्रमण कमजोर भएको भन्दै तयारी गरेको थियो तर तेस्रो भेरियन्ट ओमिक्रोन तिव्र फैलिएपछि सडक खाना मेला स्थगित गरेको जनाएको छ ।
‘कोरोना भाईरसको तेस्रो लहर फैलिएपछि यस वर्ष पनि माघे संक्रान्ती मेला भएन’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष वेलबहादुर कटुवालले भने, ‘२०६० सालदेखी उवासंघकाे नेतृत्वमा माघे संक्रान्ति मेला महाेत्सव मनाउँदै आएका थियौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
