नेपालमा पछिल्लाे २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएसँगै देशभरी सक्रिय संक्रमितको संख्या उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी कोरोनाका सक्रिय संक्रमितकाे संख्या २१ हजार ५८४ जना पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो संक्रमण दर झण्डै ३२ प्रतिशत हो । शुक्रबार संक्रमित अनुपात परीक्षणको तुलनामा झण्डै २५ प्रतिशत थियाे।
यो अवधिमा ४ जनाको मृत्यु भएको छ । ३ सय ५० जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको मन्त्रालयको विवरण छ ।