FLASH NEWS
  • Loading...

शिक्षक र विद्यार्थी कोरोना देखिएपछि ज्ञानोदय माविमा पठनपाठन बन्द

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०६ पटक पढिएको
शिक्षक र विद्यार्थी कोरोना देखिएपछि ज्ञानोदय माविमा पठनपाठन बन्द

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ ।

विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । उक्त परिक्षणमा थप एक शिक्षकमा कोरोना संक्रमण देखिएपछि संक्रमित दुबै शिक्षकले पठनपाठन गराउने सबै कक्षाका विद्यार्थीहरुमा कोरोना परिक्षण गरिएको थियो ।

१७ जना शिक्षक कर्मचारीमध्ये दुई जना र ८२ जना विद्यार्थीहरुमा गरिएको परिक्षणमा १० जना गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि विद्यालय बन्द गरिएको रघुगंगा गाउँपालिकाले जनाएकाे छ । पालिकाले संक्रमित विद्यार्थिका अभिभावक र घरपरिवारका सदस्यहरुलाई शनिवार कोरोना परिक्षण गराउनका लागि अस्थायी कोभिड अस्पतालमा आउन भनेकाे छ ।