- Loading...
म्याग्दीमा कार्यालय, रेष्टुरेन्ट, होटल जाँदा खोप कार्ड अनिवार्य
- पुनहिल डट कम
- ३ साल अघि
- ५२२ पटक पढिएको

काेराेना भाइरसकाे तेस्राे लहर फैलने जाेखिमबढेसँगै म्याग्दीमा सँक्रमणबाट वच्न श्वास्थ्य सावधानीकाे उपायकाे रूपमा सार्वजनिक कार्यालय, हाेटल, रेष्टुरेन्ट समेत स्थलमा खाेप कार्ड अनिवार्य गरिएकाे छ ।
मंगलावार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट ब्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी)को बैठकले पहिलो चरणमा कोरोना रोगबाट बच्न सावधानी सम्बन्धी थप प्रचारप्रसार गर्ने, कार्यालय, रेष्टुरेन्ट, होटल समेत सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गर्ने तथा मेलामहोत्सव, भेला–सम्मेलन नगर्ने र खोप लगाउन छुटेका ११ बर्षमाथीका सवै नागरिकलाई खोजीखोजी खोप लगाउने निर्णय गरेको गरेकाे प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानाले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीका १२–१७ बर्ष भित्रका सवै विद्यार्थी र १८ बर्षमाथीका भेटिएका सवै लक्षित नागरिकलाइ काेराेना विरूद्धका कुनै न कुनै खाेप लगाइएकाे जनाएकाे छ ।
त्यसैविच जिल्ला डिसिसिएमसीकाे बैठकले जिल्लामा कोरोना संक्रमितको संख्या न्यून रहेकाले तत्काल म्याग्दीका विद्यालयहरु भने बन्द नगर्ने निर्णय गरेको छ । सिसिएमसीको शिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले बुधवारदेखी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
त्यसैविच स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा १० जना सकृय संक्रमित रहेका छन । संक्रमित मध्य ८ जना नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, एक जना धवलागिरी गाउँपालिका, ७ ताकम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी र अर्का रघुगंगा गापा, ३ पिप्लेस्थित निर्माणाधिन रघुगंगा जलविधुत आयोजनामा कार्यरत सवारी चालक रहेका छन । उनीहरु कोरोना संक्रमित भएपनि कुन भेरियन्टबाट संक्रमित भएका हुन खुलाईएको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
