- Loading...
बेनी–जोमसोम सडक खण्डमा ३ वटा बेलिव्रिज प्रयोगहीन
- पुनहिल डट कम
- ३ साल अघि
- १७७ पटक पढिएको

बेनी–जोमसोम–कोरला सडकमा पर्ने साना/ठूला खोल्सा र नदीमा ३२ वटा मोटरेवल पुल बन्दैछ/बनेका छन । निर्मित ६ वटा मोटरपुल मध्य राहुघाट खोला, तिप्ल्याङ्–र महभीर जोड्ने कालीगण्डकी तथा पोखरे–तातोपानी जोड्न कालीगण्डकी नदीमाथी मोटरेवल पुल निर्माण भएसँगै त्यहाँ निर्मित ३ वटा बेलिव्रिज प्रयोगहीन बनेका छन ।
०५८ सालदेखी निर्माण सुरु गरी ०६५ सालमा बेनी–जोमसोम ७६ किमी पाईलट ट्याक सडक विभागलाई हस्तान्त्रण गर्नु अघि ९ वटा वेलिब्रिज थिए ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले भने यहाँ प्रयोगहीन बनेको बेलिब्रिज झिकेर आयोजना अन्र्तगतकै बेगखोला, रुप्से र खहरेखोलामा राख्न चाहेको तर विभागले निर्णय गर्ने भएकोले टुङ्गो भने नभएको भनेको छ ।
‘हामीले यहाँका बेलिब्रिज झिकेर आयोजना अन्र्तगत कै बेगखोला, रुप्सेखोला र मुस्ताङ्को घाँसामुनीको खहरेखोलामा राख्न चाहेका छौं’ बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘बेगखोला र रुप्सेमा बेलिब्रिज समेत नहुँदा वर्खायाममा यात्रुले सास्ती पाएका छन । यातायात नै अवरुद्ध हुन्छ । तर हामी/आयोजना एक्लैले यी बेलिब्रिज कहाँ राख्ने निर्णय गर्न सक्दैनौं । विभागले निर्णय गर्नु पर्छ ।’
बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा पर्ने राहुघाट र कालीगण्डकीमा प्रयोगहीन बनेका बेलिब्रिजलाई आ–आफ्नो क्षेत्रमा लैजान सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरु वीच रस्साकस्सी सुरु भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना समेत स्थानीय काँग्रेस नेताहरु पर्वतको जलजला, २ बगरफाँट र र म्याग्दी सदरमुकाम बेनी जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज राख्न लविङ गरिरहेका छन । म्याग्दीका नेताहरु भने पुल पश्चिम मंगला गापा अन्र्तगत म्याग्दीखोलामा लैजाने दाउमा छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
