- Loading...
विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण
- पुनहिल डट कम
- ३ साल अघि
- ४१२ पटक पढिएको

चिकित्सा विज्ञानमा वैज्ञानिकहरुले अत्यन्तै ठूलो सफलता प्राप्त गरेका छन् । पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । अमेरिकाका एक व्यक्ति यस्ता पहिलो व्यक्ति बनेका छन् जसको शरीरमा आनुवंशिक रुपले संशोधित सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ र त्यो मुटुले काम गरिरहेको छ ।
डाक्टरहरुका अनुसार अमेरिकाको बाल्टिमोरमा ७ घण्टासम्म चलेको प्रायोगिक प्रक्रियाको तीन दिनपछि ५७ वर्षीय डेभिड बेनेट स्वस्थ भइरहेका छन् । यो प्रत्यारोपण बेनेटको जीवन बचाउृने अन्तिम आशा थियो । यद्यपि यो मुटुबाट उनी लामो समयसम्म जीवित रहन सक्छन् कि सक्दैनन् भन्ने कुरा भने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।
सीएनएनको एक रिपोर्टअनुसार शल्यक्रियाभन्दा अघिल्लो दिन बेनेटले भनेका थिए ‘यो प्रत्यारोपण बाँच वा मर जस्तो हो । मलाई थाहा छ यो अँध्यारोमा तीर चलाउनु जस्तै हो तर यही मेरो अन्तिम अवसर हो ।’ बेनेटको यो सर्जरी नगरिएको भए उनी मर्ने निश्चित थियो । यही आधारमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामक निकायले यो प्रक्रियाको लागि विशेष छुट दिएको थियो ।
यो प्रत्यारोपण गर्ने मेडिकल टिमले कैयौं वर्षको शोधको आधारमा यो सफलता हासिल गरेका हुन् । यो सफलताले विश्वमा कैयौं मानिसहरुको जीवन बदल्न सक्नेछ । युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनले एक बयानमा सर्जन बार्टले पी ग्रिफिथको हवाला दिँदै भनेको छ ‘यो सर्जरीले विश्वलाई अंगहरुको कमीको संकट सुल्झाउनेतर्फ एक कदम नजिक ल्याएको छ ।’
अमेरिकामा प्रत्येक दिन अंग प्रत्यारोपणको प्रतिक्षा गरिरहेका १७ जनाको मृत्यु हुने गरेको छ र १ लाखभन्दा धेरै मानिसहरु प्रत्यारोपणको लागि प्रतिक्षा गर्नेको सूचीमा छन् । यो कमीलाई पूरा गर्नको लागि जनावरका अंगहरुको प्रयोगका विषयमा सम्भावना खोज्ने काम धेरै पहिलेदेखि भइरहेको छ । यो प्रक्रियालाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ । सुँगरको मुटुको भल्भको प्रयोग अहिलेसम्म आम भइसकेको छ ।
न्यूयोर्कमा २०२१ मा सर्जनहरुले घोषणा गरेका थिए कि उनीहरुले सफलतापूर्वक सुँगुरको मृगौला एक व्यक्तिमा प्रत्यारोपण गरेका छन् । त्यतिबेला यस क्षेत्रमा त्यो प्रयोग सबैभन्दा उन्नत प्रयोग थियो । यद्यपि त्यतिबेला जुन व्यक्तिमा यो प्रत्यारोपण गरिएको थियो ती व्यक्ति ब्रेन डेड थिए र उनी ठिक हुने कुनै आशाा थिएन । *डिसीनेपाल

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
