FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडक खण्डमा ३ वटा बेलिव्रिज प्रयोगहीन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०१ पटक पढिएको
बेनी–जोमसोम सडक खण्डमा ३ वटा बेलिव्रिज प्रयोगहीन

बेनी–जोमसोम–कोरला सडकमा पर्ने साना/ठूला खोल्सा र नदीमा ३२ वटा मोटरेवल पुल बन्दैछ/बनेका छन । निर्मित ६ वटा मोटरपुल मध्य राहुघाट खोला, तिप्ल्याङ्–र महभीर जोड्ने कालीगण्डकी तथा पोखरे–तातोपानी जोड्न कालीगण्डकी नदीमाथी मोटरेवल पुल निर्माण भएसँगै त्यहाँ निर्मित ३ वटा  बेलिव्रिज प्रयोगहीन बनेका छन ।

०५८ सालदेखी निर्माण सुरु गरी ०६५ सालमा बेनी–जोमसोम ७६ किमी पाईलट ट्याक सडक विभागलाई हस्तान्त्रण गर्नु अघि ९ वटा वेलिब्रिज थिए ।

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले भने यहाँ प्रयोगहीन बनेको बेलिब्रिज झिकेर आयोजना अन्र्तगतकै बेगखोला, रुप्से र खहरेखोलामा राख्न चाहेको तर विभागले निर्णय गर्ने भएकोले टुङ्गो भने नभएको भनेको छ ।
‘हामीले यहाँका बेलिब्रिज झिकेर आयोजना अन्र्तगत कै बेगखोला, रुप्सेखोला र मुस्ताङ्को घाँसामुनीको खहरेखोलामा राख्न चाहेका छौं’ बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘बेगखोला र रुप्सेमा बेलिब्रिज समेत नहुँदा वर्खायाममा यात्रुले सास्ती पाएका छन । यातायात नै अवरुद्ध हुन्छ । तर हामी/आयोजना एक्लैले यी बेलिब्रिज कहाँ राख्ने निर्णय गर्न सक्दैनौं । विभागले निर्णय गर्नु पर्छ ।’

बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा पर्ने राहुघाट र कालीगण्डकीमा प्रयोगहीन बनेका बेलिब्रिजलाई आ–आफ्नो क्षेत्रमा लैजान सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरु वीच रस्साकस्सी सुरु भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना समेत स्थानीय काँग्रेस नेताहरु पर्वतको जलजला, २ बगरफाँट र र म्याग्दी सदरमुकाम बेनी जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज राख्न लविङ गरिरहेका छन । म्याग्दीका नेताहरु भने पुल पश्चिम मंगला गापा अन्र्तगत म्याग्दीखोलामा लैजाने दाउमा छन ।