FLASH NEWS
  • Loading...

चौबिस घण्टामा थप १ हजार ४४६ जनामा कोरोना संक्रमण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६३ पटक पढिएको
चौबिस घण्टामा थप १ हजार ४४६ जनामा कोरोना संक्रमण

पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ४ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैविच, म्याग्दीमा ५ जना सकृय संक्रमित रहेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १ हजार ३ सय ५७ र २ हजार ४ सय ६४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ८९ जनाको जनाको पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ६ सय १० र होम आइसोलेसनमा ७ हजार २ सय ४५ जना रहेका छन् । त्यस्तै आइसीयूमा ६७ जना भेन्टीलेटरमा १६ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।