FLASH NEWS
  • Loading...

एमाले म्याग्दी अध्यक्षमा देवेन्द्र केसी निर्विरोध

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९४ पटक पढिएको
एमाले म्याग्दी अध्यक्षमा देवेन्द्र केसी निर्विरोध

नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट देवेन्द्रबहादुर केसी निर्विरोध अध्यक्ष चयन भएका छन ।
जिल्ला समन्वय समितिका संयोजक केसी साविक भगवती गाविसका अध्यक्ष एमाले म्याग्दीको जिल्ला कमिटीमा निर्वतमान उपाध्यक्ष थिए ।


त्यस्तै उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरत केसी, उपसविचमा राजकुमार थापा मगर र थमसरा पुन मगर निर्विरोध चयन भएका छन । सुवेदी निर्वतमान जिल्ला कमिटीमा सचिव र केसी, थापा र पुन सचिवालय सदस्य थिए । उपसचिव निर्वाचित थमसरा पुन धवलागिरी गाउँपालिका अध्यक्ष समेत हुन ।
त्यसैगरी अधिवेशनबाट पदाधिकारी समेत ९० सदस्यीय जिल्ला कमिटी पनि निर्विरोध चयन भएको छ । नवनिर्वाचित कमिटीमा भुगोलबाट १२ जना महिलासमेत ३१ जना, समावेशीबाट २ महिलासमेत ७ जना, मजदुर २ जना, मुस्लिम १ जना, अन्य १ जना, जनजाति ४ महिलासमेत १३ जना, खुल्लामा ९ महिलासमेत ३० जना निर्वाचित भएका छन ।