FLASH NEWS
  • Loading...

एमाले बागलुङमा नेतृत्व चयनका लागि मतदान सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८५ पटक पढिएको
एमाले बागलुङमा नेतृत्व चयनका लागि मतदान सुरु

नेकपा एमाले बागलुङ

 

को नवौं जिल्ला अधिबेशनबाट आगामि कार्यकालका लागि तीन जना पदाधिकारीसहित सदस्यहरु छनोटका लागि मतदान प्रकृया सुरु भएको छ ।

नवौं जिल्ला अधिबेशनबाट अध्यक्ष, उप–सचिव दुईजना र खुल्ला, भूगोल तथा समावेशी सदस्य सर्वसम्मत हुन नसकेपछि मतदान प्रकयाबाट टुंगो लगाईने भएको हो । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा बिष्णु भुसाल सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षका लागि कृष्ण पाठक, हिरा बहादुर केसी र मेहरसिंह पाईजा चुनावी मैदानमा छन् । उप–सचिवका लागि डम्मर श्रीष, गणेश बहादुर थापा, प्रेम लामिछाने, चित्रकला छन्त्याल, राम बहादुर जिसी र नेत्र बिष्ट चुनावी मैदानमा छन् । खुल्ला सदस्य २४ जनाका लागि ३६ जना चुनावी मैदानमा छन् । भुगोल तर्फ काठेखोला गाउँपालिका बाहेकका स्थानीय तहबाट सर्वसम्मत सदस्य चयन भएका छन् । काठेखोला गाउँपालिकामा दुई जनाका लागि चार जना चुनावी मैदानमा छन् ।