FLASH NEWS
  • Loading...

एकैदिन थप ११६७ जनामा कोरोना संक्रमण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२७ पटक पढिएको
एकैदिन थप ११६७ जनामा कोरोना संक्रमण

पछिल्लो चौबिस घण्टामा देशभर १ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २२४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ८४१ र ३ हजार ७८४ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ३२६ जनाको जनाको पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४९१ भक्तपुरमा २५ र ललितपुरमा ९९ जना गरी उपत्यकामा ६१५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ६२८ र होम आइसोलेसनमा ६ हजार १२७ जना रहेका छन् । त्यस्तै आइसीयूमा ७७ जना भेन्टीलेटरमा १६ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।