FLASH NEWS
  • Loading...

एमाले म्याग्दीकाे जिल्ला अधिवेशनमा नेतृत्व छनौटमा सकस

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११२ पटक पढिएको
एमाले म्याग्दीकाे जिल्ला अधिवेशनमा नेतृत्व छनौटमा सकस

नेकपा एमाले म्याग्दीले शुक्रवारदेखी सुरु भएको नवौं जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सकस भएको छ ।
जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठका अनुसार नवौं अधिवेशनबाट ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दैछ । जसमा कम्तीमा २८ जना महिला सुनिश्चित गरिएको छ । कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना सहसचिव रहेको पदाधिकारी र बाँकी सदस्य हुने छन ।

एमाले अधिवेशनमा अध्यक्षका अाकांक्षीहरू विच सर्वसम्मत गराउन सकस भएकाे हाे । अध्यक्षमा देवेन्द्रबहादुर केसी, बालकृष्ण सुवेदी र थमसरा पुनले दावी गरेका छन । सचिवमा प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापा मगरविच सहमति जुट्न सकेको छैन । 
‘हामीले सकेसम्म जेष्ठता, योग्यता र क्रियाशिलता समेतको मापण्डको आधारमा सर्वसम्मत नेतृत्व चयन गर्न प्रयासमा छौं । सहमति जुटेको छैन’ नेतृत्व चयनमा समन्वय गरिरहेका एक नेताले भने, ‘अध्यक्षमा सहमति भए अन्य पदमा सहमति जुटाउन सजिलो हुने छ । अध्यक्ष र सचिवमा सहमति जुटाउन सकस भैरहेको छ ।’
त्यसैविच शनिवारको वन्द सत्रमा अध्यक्ष हरीकृष्ण श्रेष्ठ र कोषाध्यक्ष प्रमोद श्रेष्ठको आर्थिक प्रतिवेदनमाथी समुहगत छलफल पछि पारित गरेको छ ।