FLASH NEWS
  • Loading...

एमाले म्याग्दीको अधिवेशन तयारी पुरा, ९० सदस्यीय जिल्ला कमिटी बन्ने

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८३ पटक पढिएको
एमाले म्याग्दीको अधिवेशन तयारी पुरा, ९० सदस्यीय जिल्ला कमिटी बन्ने

नेकपा एमाले म्याग्दीले भोली पुस २३ गते शुक्रवारदेखी सुरु हुने नवौं जिल्ला अधिवेशन तयारी पुरा भएको जनाएको छ ।
सम्मेलन तयारी बारे एमालेले विहिवार पार्टी कार्यालय हाँडेभिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हरीकृष्ण श्रेष्ठले नवौं सम्मेलनको तयारी, प्रतिनिधी छनौट र आगामी नेतृत्व एवं कमिटीको स्वरुप बारे जानकारी गराएका छन ।
अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनमा भुगोलबाट ३ सय ५० जना, आयोजक ५८ जना, सल्लाहकार परिषदबाट १० जना, जनवर्गिय संगठनहरुबाट ३० जना, मनोनित २८ जना र महिला, मदजुर, पालिका कमिटी एवं र पेशागत संगठनहरुबाट ७७ जना समेत ५ सय १० जना प्रतिनिधी सहभागी हुने छन ।
शुक्रवार मध्यान्न १२ बजे सम्मेलनका प्रतिनिधी र सदरमुकाम वरपरका कार्यकर्ता सहभागी र्‍यालीले बजार परिक्रमागरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


अध्यक्ष हरीकृष्ण श्रेष्ठले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार एमाले म्याग्दीको आगामी जिल्ला कमिटी ९० सदस्यीय हुने छ । जसमा कम्तीमा २८ जना महिला सुनिश्चित गरिएको छ । कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना सहसचिव रहेको पदाधिकारी र बाँकी सदस्य हुने छन । जिल्ला सदस्यमा भुगोल तर्फ १२ महिलासमेत ३१ जना, समावेशी तर्फ जनजाति ४ महिलासहित १३, दलित २ महिलासमेत ७ जना, एक महिलासहित २ मजदुर, मुस्लिम १ जना खुल्ला, अन्य १ जना खुल्ला, खुल्लाबाट कम्तीमा ९ महिलासमेत ३० जना सदस्य चयन हुने छन ।
एमालेले जिल्ला अधिवेशनमा पनि संभव सर्वसम्मत नेतृत्व चयन गर्ने बताएको छ । सर्वसम्मत गराउन बर्तमान नेतृत्व विच केही चरण गृहकार्य गरिएको भएपनि सर्वसम्मत भैनसकेको श्रोतले बताएको छ । श्राेतका अनुसार अध्यक्ष पदमा उपाध्यक्ष देवेन्द्र केसी वा सचिव वालकृष्ण सुवेदीकाे प्रवल दावेदारी रहेकाे छ । केसीले उपल्लाे पदमा लैजानेगरी अध्यक्षमा सुवेदी अाउने संभावना पनि उत्तिकै रहेकाे बताइन्छ । सुरत केसीले पनि अाफ्ना सहकर्मीविच अध्यक्षमा दावी रहेका बताउने गरेका छन । केसी अध्यक्ष रहे सुवेदी उपाध्यक्ष बनाइ सचिवमा सुरत केसीले दावी गर्ने बताइएकाे छ । त्यसैविच मगर समुदायका राजकुमार थापाले पनि विश्वास पात्र मानिएका याम खड्काले सामाजिक सञ्जाल मार्फत सचिवमा दावी गरेकाे विश्वास गर्ने धेरै छन । 


‘एमाले जिल्ला अधिवेशनको तयारी पुरा गरेका छौं । शुक्रवार र शनिवार अधिवेशन चल्ने छ । स्वभाविक अधिवेशनबाट नयाँ नेतृत्वमा आउन धेरै साथीहरुको चाहना देखाउनु भएको छ’ पत्रकार सम्मेलनमा अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘पार्टी केन्द्रको सकेसम्म सर्वसम्मत नेतृतव चयन गर्न निर्देशन रहेकोले सो प्रयास हुने छ । अहिले पनि जिल्लाका नेतृत्वविच केही होमवर्क भएको छ । केही कमरेडहरुले माथिल्लो तहका कमरेडहरुसँग आफ्ना चाहना ब्यक्त गरेको बुझिएको भएपनि खुलेर जिल्लामा सर्वाजनिक गर्नु भएको छैन ।’