FLASH NEWS
  • Loading...

अाचार संहिताकाे पालनाले पत्रकारकाे सुरक्षा र सम्मान वृद्धी गराउँछ-बस्नेत

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१५ पटक पढिएको
अाचार संहिताकाे पालनाले पत्रकारकाे सुरक्षा र सम्मान वृद्धी गराउँछ-बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अाचार संहिताकाे पालनाले पत्रकारकाे सुरक्षा र सम्मान वृद्धी गराउँने बताएका छन । पत्रकार आचारसंहिता जागरण कार्यक्रम अन्तर्गत प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको संयोजनमा भएकाे कार्यक्रममा बस्नेतले यस्ताे कुरा बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष बस्नेतले भने, ‘हामी पत्रकारिता पेशामा रहँदा दुइ डुङ्गामा खुट्टा नराखाैं । पत्रकार अाचार संहिताकाे पालनाले श्वच्छ पत्रकारिताकाे प्रवर्दन गर्ने मात्र हाेइन, पत्रकारकाे सुरक्षा र सम्मान पनी वृद्धी गराउने छ।’ अध्यक्ष बस्नेतले थपे,  ‘पत्रकारले लेखेका समाचारका केही हेडलाइनका कारण आत्महत्या गर्नुपर्ने अवस्था सृजना हुनु हुँदैन ।’

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी,  प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी नायव उपरीक्षक श्यामकुमार राई, हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठ,  पत्रकार महासंघ म्याग्दीका सस्थापक अध्यक्ष घनश्याम खड्का , म्याग्दी उधोग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, गैह्र सरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल समेतले पत्रकारीता र अाचरसंहिता पालनाकाे अभ्यास बारे चर्चा गरे । 

काउन्सिलका अनुगमनकर्ता गीता कठाएतले पत्रकार आचारसंहिता, यसको महत्व, आचारसंहिता उलंघन गरि प्रकाशन भएका सामग्री, त्यस उपरको उजुरी, कार्वाही प्रक्रिया र आचारसंहिता पालनाको अबस्थाको बिषयमा सहजिकरण गरिन ।