FLASH NEWS
  • Loading...

न्यू धौलागिरि सहकारीले खुद मुनाफा एक कराेड ६७ लाखबढी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४९ पटक पढिएको
न्यू धौलागिरि सहकारीले खुद मुनाफा एक कराेड ६७ लाखबढी

न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष १ करोड ६७ लाख ३० हजार १५८ रुपैयाँ खुद मुनाफा अार्जन गरेकाे जनाएकाे छ । संस्थाकाे अाज बेनी नगरपालिका, ४ ताताेपानी स्थित श्रेष्ठ हट स्प्रीङ हाेटलमा सम्पन्न २२ औँ बार्षिक साधारण सभाले उक्त मुनाफा स्वीकृत गरेकाे हाे ।

५ हजार १७८ शियर सदस्य रहेको सहकारीमा शेयर पुजी ७ करोड ६९ लाख ६७ हजार रुपैया रहेको छ ।संस्थाले गत आर्थिक बर्ष २०७७/०७८ मा सहकारीले निक्षेप बचतमा ७६ करोड ८४ लाख ८६ हजार ५४२ रुपैया र  कर्जा लगानीमा ६३ करोड ९ लाख ९४ हजार ३३३ रुपैया गरी  कुल आम्दानी १० करोड १ लाख २२ हजार १८५ रुपैया र कुल खर्च ८ करोड ३३ लाख ९२ हजार २७ रुपैयाँ गरेकाे छ ।

संस्थाले कुल अाम्दानीबाट कोष रकम २ करोड १९ लाख ६८ हजार ७९७ रुपैया कटाइ मुनाफा १ करोड ६७ लाख ३० हजार १५८ रुपैयाँ गरेकाे सहकारी बरिष्ठ ब्यवस्थापक बसन्त श्रेष्ठले बताए ।

त्यसैगरी सहकारीका अध्यक्ष लिला बानियाँले साधारणा सभामा सेवालाई जनमैत्री बनाउन जिल्लाका बाबियाचौर, तातोपानी, पोखरेबगर र पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सेवा केन्द्र विस्तार गरेको बताउदै आगामी दिनमा बागलुङ, पर्वत, र कास्कीसंगै गण्डकी प्रदेशभरी सेवा केन्द्र विस्तार गर्ने आगामी योजना सुनाए ।