FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडकको वैसरीखण्डको कालोपत्रे रद्ध

  • पुनहिल डट कम
  • २ साल अघि
  • २६७ पटक पढिएको
बेनी–जोमसोम सडकको वैसरीखण्डको कालोपत्रे रद्ध

गत जेठ/असारमा बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गरिएकाे वैसरीदेखी कुनौटोसम्मको ७ किलोमिटर सडक कालोपत्रेको मापदण्ड नपुगेपछि रद्ध भएकाे छ । बेनी–जोमसोम–कोरोला सडक आयोजनाले मापदणड पुरा नभएकाे भन्दै फेरी कालाेपत्रे गर्न भनेकाे हाे ।
बेनी–जोमसोम सडकको म्याग्दी क्षेत्रमा पर्ने सुरु खण्डको गलेश्वर–बेगखोला (कुनौटो)सम्म ठेकदार कम्पनी ओमकारेस्वर कन्ट्रक्सनले विडिएसडी प्रविधीको कालोपत्रे गर्न भनेकाे थियो । ठेकदारले प्रतिकुल माैषमले दाेस्राे काेट पीच गर्ने मार्किङ गर्न नपाइ अधुराे छाेड्नु परेकाे भनेकाे छ ।
उक्त सडकमा ठेकदार कम्पनीले प्रतिकुल मौषममै पहिलो कोटको २० डाउन गिटी विच्छाएपनि दोस्रो कोटको ७ डाउन गिटी विच्छाउने काम नभएकोले पीच गरेको केही महिनामै कालोपत्रे उप्कने भएको थियो । अहिले उक्त खण्डमा पीच गरे/नगरेको छुट्याउनै नमिल्ने गरी विग्रेको छ ।
‘वैसरीदेखी कुनौटोसम्मको ७ किलोमिटर सडकमा गत वर्ष जेठमा गरिएको कालोपत्रे पुरै रद्ध गरिएको छ । अव पुन: कालोपत्रे गरिन्छ’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, ‘हामीले मौषम प्रतिकुल भएकोले यसरी कालोपत्रे नगर्न सुझाउँदा सुझाउँदै ठेकदारले अटेरगरी कालोपत्रे गरेको र त्यो पनि मापदण्ड अनुसार दोस्रो कोट नहाल्दा मनसुनको झरीवर्षा र पानीले पुरै क्षति पुऱ्याएको हो ।’
प्रमुख प्रजापतिका अनुसार बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा डवल विटुमिन सर्फेस ट्रेसिङ मोडेलमा कालोपत्रे गरिने छ ।
बेनी–जोमसोम–कोरोला सडक आयोजनाका अनुसार ०७८ मंसिर मसान्तसम्म शर्मा/युनाईटेड जेवि कम्पनी ठेकदार रहेको पहिलो प्याकेज (गलेश्वर–तातोपानी) मा ६५ प्रतशित, शर्मा/गजुरमुखी जेभि ठेकेदार दोस्रो प्याकेजमा (तातोपानी–कैकुखोला) ६२ प्रतिशत, तेस्रो प्याकेज (कैकु–खन्ती)मा ८५ प्रतिशत र चौंथो प्याकेज (खन्ती–जोमसोम)मा ६२ प्रतिशत मात्र भौतिक प्रगती छ ।
बेनी–जोमसोम सडकको तेस्रो प्याकेज अन्र्तगत मुस्ताङको कोवाङदेखी तल कैकुखोलासम्मको १६ किमी क्षेत्रमा भने कालो पत्रे भएको निर्माण ब्यवसायी जगुरमुखी कन्ट्रक्सनका दीपक गौतमले बताए ।
बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्य बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज र जोमसोम–कोरला एक सय १० किमी सडकलाई ११ प्याकेजमा सडक विस्तार एवं उन्नत गर्न ठेक्का गर्ने काम भैरहेको छ ।