Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

गण्डकीका ४ महिला भलिबल खेलाडी सम्मानित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४३८ पटक पढिएको
गण्डकीका ४ महिला भलिबल खेलाडी सम्मानित

बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल खेल जितेर गृह प्रदेश फर्किसकेपछि गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले उनीहरुसहित राष्ट्रिय भलिबल संघका कार्यवाहक अध्यक्ष तथा टिमका नेता यामबहादुर गुरुङलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँसहित सोमबार सम्मान गरेको छ ।

राष्ट्रिय टिमको कप्तान भूमिका निभाइरहेकी म्याग्दीकी शाहीसँगै तनहुँकी उषा भण्डारी, बागलुङकी साफिया पुन र नवलपुरकी शान्तिकुमारी थारुलाइ गण्डकी प्रदेश सरकारले सम्मान गरेकाे छ ।  गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले सम्मानित ४ खेलाडीले प्रदेशको मात्रै नभएर देशकै नाम चिनाएको बताए । ‘नेपाल देश सानो भए पनि क्षमतावान युवाहरु छन् भन्ने देखाएको छ,’ उनले भने । उनले अन्य प्रदेशले पनि खेलाडीको सम्मान गरोस् भन्ने ध्येयले गण्डकीबाट सुरुआत गरिएको दाबी गरे ।

ढाकामा १३ गते सकिएको महिला भलिबलको फाइनलमा नेपालले उज्जेकिस्तानलाई ३–२ को सेटमा हराउँदै दोस्रो पटक उपाधि चुमेको थियो । उक्त खेलमा गण्डकीका मात्रै ४ जना खेलाडी सहभागी थिए ।

‘हो, प्रदेश सरकारले आज हामीलाई सम्मान ग¥यो । तर, यतिलेमात्रै पुग्दैन । अब सम्मानभन्दा पनि खेलाडीको संरक्षणमा बढी ध्यान दिनुपर्छ,’ कुनैबेला समग्र पश्चिम क्षेत्रको भलिबलमा गण्डकीले नै एकछत्र राज गरेको इतिहास सुनाउँदै शाहीले प्रश्न गरिन्, ‘अहिले पनि प्रदेशमा खेलाडी उत्पादन नहुने होइनन्, हुन्छन् । तर, खै त संरक्षण ?’

आफूसँग शक्ति हुँदाभरि खेलाडीले जिउज्यान लगाएर देशका लागि खेल्ने तर, शक्ति कमजोर हुँदै गएसँगै भविष्य नै अन्योल हुने खेलकर्मीको अवस्था रहेको शाहीले सुनाइन् । ‘पावर छउञ्जेल त हामी पनि खेल्छौं । तर, त्यसपछि के गर्ने ? यसमा सम्बन्धित स्थानीय तहले पनि अपनत्व लिनुपर्छ,’ उनले भनिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल