- Loading...
७५ प्रतिशत छात्राले पढ्ने म्याग्दी क्याम्पसमा पुरूष मात्र संञ्चालक चयन
- पुनहिल डट कम
- ३ साल अघि
- ३०७ पटक पढिएको

म्याग्दी क्याम्पसकाे २० औं क्याम्पस सभा तथा ११ औं अधिवेशनबाट १२ जना पुरूषा सदस्यहरू चयन गरेकाे छ । दलहरू विच भागवण्डा मिलेपछि सदस्यहरूले मनाेनयन दर्ता गरेका थिए ।
७५ प्रतिशतबढी छात्रा (महिला)हरू विद्यार्थीहरू अध्ययनरत म्याग्दी क्याम्पसमा चयन भएका सवै संञ्चालकहरू भने पुरूष मात्र छन । नेपालकाे संविधानले हरेक संस्थामा ३३ प्रतिशत महिला आरक्षण अनिवार्य गरेकाे छ । संविधानसँग बाझिएका कानुन स्वत वदर हुने ब्यवस्था भएपनि म्याग्दी क्याम्पस र म्याग्दीका राजनैतिक दलहरूले पदकालागी निर्लज्ज पुरूषहरू मात्र सदस्य छानेका थिए ।
क्यूएए सर्टिफाइ क्याम्पस भनी दावा गर्ने क्याम्पसले संविधानकाे मर्म विपरित महिलालाइ पन्छ्याउनु असाेभनीय भएकाे अधिवेशनका एक सहभागीले बताए ।
म्याग्दी क्याम्पस संञ्चालक समितिमा एमाले र काँग्रेसबाट चार–चार जना, माओवादी केन्द्रबाट तीन जना र नेकपा एसबाट एक जनागरी १२ जना सदस्यहरुको नाम टुङ्गो लगाएका हुन । नेकपा एसलाई माओवादी कोटाबाट समितिमा भित्राईएको बैठकमा सहभागी एक सदस्यले बताए ।
उनका अनुसार एमालेबाट राजकुमार थापा, सन्तोष रावल, दीपक कार्की, किरण सापकोटा, काँग्रेसबाट दीपेन्द्र श्रेष्ठ, मीनबहादुर कार्की, अजयमिलन श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, माओवादी केन्द्रबाट सोमनाथ ढुङ्गाना, शेरबहादुर केसी, कृष्ण थापा र नेकपा एसबाट देउप्रसाद छन्त्याल संञ्चालक समितिमा छनौट भएका हुन ।
छनौट भएका १२ जनामध्य माओवादीका सोमनाथ ढुङ्गाना अध्यक्ष, काँग्रेसका दीपेन्द्र श्रेष्ठ उपाध्यक्ष र एमालेका राजकुमार थापा कोषाध्यक्ष रहने गरी त्रिभुवन विश्वविद्यालयमा स्वीकृतीकालागी नाम पठाउने पनि सहमति भएको छ । संञ्चालक समितिको अध्यक्ष समेत तीन जना पदाधिकारीमा एमाले, काँग्रेस र माओवादी केन्द्र विच आलोपालो नेतृत्व गर्ने परम्परा छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
