- Loading...
म्याग्दी क्याम्पस संञ्चालक समितिका सदस्यको नाम टुङ्गीयो
- पुनहिल डट कम
- ३ साल अघि
- ४२४ पटक पढिएको

म्याग्दी बहुमुखी क्याम्पस संञ्चालक समितिमा छनौट हुने १२ जनाको सदस्यहरुको नाम सोमबाट साँझ टुङ्गो लागेको छ । आईतवार क्याम्पसको २० औं क्याम्पस सभा तथा ११ औं अधिवेशनमा सहमती जुट्न (दलहरु विच) नसकेपछि अधिवेशन स्थगित गरिएको थियो ।
म्याग्दीका राजनैतिक दलहरुले अनौपचारिक बैठकले संविधान विपरित ३३ प्रतिशत महिला आरक्षणलाई लत्याउँदै म्याग्दी क्याम्पस संञ्चालक समितिमा एमाले र काँग्रेसबाट चार–चार जना, माओवादी केन्द्रबाट तीन जना र नेकपा एसबाट एक जनागरी १२ जना सदस्यहरुको नाम टुङ्गो लगाएका हुन । नेकपा एसलाई माओवादी कोटाबाट समितिमा भित्राईएको बैठकमा सहभागी एक सदस्यले बताए ।
उनका अनुसार एमालेबाट राजकुमार थापा, सन्तोष रावल, दीपक कार्की, किरण सापकोटा, काँग्रेसबाट दीपेन्द्र श्रेष्ठ, मीनबहादुर कार्की, अजयमिलन श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, माओवादी केन्द्रबाट सोमनाथ ढुङ्गाना, शेरबहादुर केसी, कृष्ण थापा र नेकपा एसबाट देउप्रसाद छन्त्याल संञ्चालक समितिमा छनौट भएका हुन ।
छनौट भएका १२ जनामध्य माओवादीका सोमनाथ ढुङ्गाना अध्यक्ष, काँग्रेसका दीपेन्द्र श्रेष्ठ उपाध्यक्ष र एमालेका राजकुमार थापा कोषाध्यक्ष रहने गरी त्रिभुवन विश्वविद्यालयमा स्वीकृतीकालागी नाम पठाउने पनि सहमति भएको छ । संञ्चालक समितिको अध्यक्ष समेत तीन जना पदाधिकारीमा एमाले, काँग्रेस र माओवादी केन्द्र विच आलोपालो नेतृत्व गर्ने परम्परा छ ।
सामुदायीक प्रयासमा ३० बर्ष अघि ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अन्र्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसले यसै शैक्षिक सत्र देखी एमविए (मास्टर अफ विजनेस स्टडिज) विषयमा स्नाकोत्तर तहसम्म अध्यापन गराउने गर्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
