- Loading...
नेकपा माओवादी केन्द्रकाे महाधिवेशनबाट अपुरो कमिटी अनुमाेदन
- पुनहिल डट कम
- ३ साल अघि
- ३७६ पटक पढिएको

नेकपा माओवादी केन्द्रको राजनीतिक दस्ताबेज र प्रतिबद्धता महाधिवेशन नसकिँदै अलपत्र परेको छ । ‘जनमुखी कार्यकर्ता र कार्यकर्तामुखी नेता’ छान्ने दस्ताबेज पारित गरेको तेस्रो दिन महाधिवेशनले ‘अध्यक्ष पुष्पकमल दाहालमुखी’ केन्द्रीय समिति छानेको छ ।
एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पढेका नामलाई प्रतिनिधिले अनुमोदन गरेपछि माओवादी अध्यक्ष दाहालले भनेका थिए, ‘त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धति । दुनियाँले देख्यो ।’
तर गज्जव के भने अाेलीकै अनुसरण गर्दै माओवादी अध्यक्ष दाहालले पनि केन्द्रीय समिति सदस्यको सूचीको नाम आफैं पढेर सुनाए, महाधिवेशन प्रतिनिधिले ताली पिटे । महाधिवेशन आइतबार साँझ सकियो । २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा दाहालले २ सय ३६ जनाको नाम मात्र पढेर सुनाए, ६३ सदस्य थप्न बाँकी छ । महाधिवेशनले नै छान्न नसकेका सदस्यहरू कसले कसरी छान्न सक्छ भनेर विधानमा कुनै व्यवस्था छैन । केपी अाेलीले पढेकाे समिति िवधी विधान सम्मत नभएकाे एमाले अधिबेसनमा दहालले पढेकाे अधुराे केन्द्रीय सदस्यकाे नामावली कसरी विधिविधान र प्रजातान्त्रीक भयाे ? कतै प्रष्ट पारेनन ।
माओवादी नेतृत्वले विधिमाथि बन्देज लगाउँदै ‘सर्वसम्मत’ केन्द्रीय समिति चयन गरेको हो । निर्वाचन समितिलाई २४ घण्टामा चार पटक कार्यतालिका संशोधन गर्न लगाएर अध्यक्ष आफैंले केन्द्रीय समितिको घोषणा गरेका हुन् ।
माओवादीमा मतदान प्रक्रियामार्फत केन्द्रीय समिति चयनको इतिहास छैन । ‘हामी कहाँ कहिल्यै चुनाव भएको छैन । चुनाव गर्न पनि एउटा परम्परा त चाहियो,’ नेता राम कार्कीले भनेकाे कुरा विभिन्न मिडियामा प्रकाशित छन । माओवादीको पार्टी विधानमा केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ, जसको मुख्य उद्देश्य पार्टीको आन्तरिक निर्वाचन गर्ने हो । तर, नेतृत्व चयनमा आयोग होइन, नेता नै हावी हुँदै आएका छन् । यसपालि पनि त्यही दोहोरियो ।
यस्ताे छ, माअाेवादी केन्द्रकाे केन्द्रीय सदस्यहरूकाे िववरणा ः
खसअार्य तर्फ नारायणप्रसाद दाहाल, सूर्यप्रकाश सुवेदी, धीरेन्द्र शर्मा, नरबहादुर विष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारामान स्वाँर, देवेन्द्रराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली, अच्युतम काफ्ले, विजय भण्डारी, दुर्गाप्रसाद चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी, दुई जना बाँकी । त्यसैगरी महिलामा आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गंगाकुमारी बेलवासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईं, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्या पहाडी, समिता कार्की, सुशीला सिंखडा, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मीदेवी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमा कुँवर, काली चलाउने, लुम्बिनी गौतम, हरिमाया शर्मा र रुकु चौलागाईं, यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिंखडा, गीता तिमिल्सिना र कृष्णा शाह रहेका छन ।
दलित तर्फ विष्णुबहादुर विक, यमबहादुर परियार, जगत सार्की, सुबोध श्रीपाइली, अञ्जना बिशंखे, सुशीला श्रीपाइली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक र पम्फा बसेल, पार्वती विक, २ बाँकी रहेका छन ।
मुस्लिमकाे पुरूष तर्फ हकिकुल्ला मुसलमान, ७ बाँकी र महिला तर्फ कौशर साह, ६ बाँकी रहेका छन । त्यस्तै मधेशी पुरुष जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव, सुरेन्द् मेहता, ३ बाँकी र महिलामा बोधमायाकुमारी यादव, सुनीताकुमारी यादव, १४ बाँकी रहेका छन ।
जनजाती तर्फ अजम्बर राई काङबाङ, रामकुमार राई, मानबहादुर बुढामगर, दीपबहादुर योञ्जन, दीपेन्द्रकुमार पुनमगर, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, पर्शुराम तामाङ, हितबहादुर तामाङ, दिलीप प्रजापति, छक्कबहादुर लामा,इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नवीन जिरेल, अमृता थापा, ओन्सरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गाजयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मोणी खम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मीना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल, बिना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ र बाँकी रिक्त रहेकाे छ ।
त्यस्तै नेपबहादुर थारू चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाईं, लेखनाथ दाहाल, शालिकराम जमकट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हेमलाल शर्मा, सन्तकुमार दराई, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, ईश्वरीप्रसाद भण्डारी, सुनील मानन्धर, हरिबोल गजुरेल, पुष्पकमल दाहाल, दिलीप महर्जन, सुदन किराती, किरणकुमार राई, सुरेश राई, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल, पदमबहादुर राई, साबित्रीकुमार काफ्ले, सुरेन्द्रकुमार कार्की, युवराज भट्टराई, अजयशंकर नायक, अशोक मण्डल, भरतप्रसाद शाह, प्रकाशहरि पोखरेल, राजु खड्का, योगकुमार यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वर राय यादव, मातृका यादव, प्रह्लादकुमार बुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारू, जीवन गौतम, तेजबहादुर ओली, हेमराज शर्मा पोखरेल, गणेशमान पुन रहेका छन ।
त्यस्तै, जगप्रसाद शर्मा, वर्षमान पुन, महेश्वरजंग गहतराज, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुबबहादुर रोका, तिलकराम शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, वामदेव क्षेत्री, झकबहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्ति बस्नेत, गजेन्द्र महत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, लीलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, सीपबहादुर बस्नेत, कृष्ण केसी, अमरबहादुर गुरुङ तमु, गुप्तबहादुर ठकुरी, खिमलाल देवकोटा, देवेन्द्र पौडेल, हरिबहादुर चुमान, बालकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देवप्रसाद गुरुङ, श्रीराम ढकाल, सुरेश आलेमगर, हितराज पाण्डे, दीनानाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, यशोदा सुवेदी गुरुङ, परशुराम रम्तेल, महेन्द्र पासवान, गोपी सार्की अछामी, दलजित श्रीपाली, वीरमान चौधरी, कुमार पौडेल रहेका छन् भने बाँकी केन्द्रीय समितिले मनोनीत गर्ने भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
