FLASH NEWS
  • Loading...

कोरोना संक्रमणको तेस्रो लहरका विच उवासंघको साधारण सभा सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४८ पटक पढिएको
कोरोना संक्रमणको तेस्रो लहरका विच उवासंघको साधारण सभा सुरु

कोरोना महामारीको तेस्रो लहर तिव्र फैलिरहेकै वेला म्याग्दी उद्योग वाणिज्य संघको २८ औं बार्षिक साधारण सभा शनिवार बेनीमा सुरु भएको छ ।
कोनोना संक्रमण फैलनबाट रोक्न सरकारले २५ जनाबढीको उपस्थितीका कार्यक्रम नगर्न सूचना जारी गरेपनि संघको साधारण सभा सुरू भएकाे हाे । उपस्थित मध्य केहीले मास्क लगाउने जस्तो सामान्य स्वास्थ्य सावधानी समेत अपनाएका छैनन ।


संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षतामा जारी साधारण सभामा महासचिव अमित बानियाँले आव ०७७/०७८ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन । समाचार तयार पार्दासम्म सभा जारी छ ।