FLASH NEWS
  • Loading...

गुर्जामाहिउँमा पुरिएर भेडा गोठाला वेपत्ताकाे खाेजी जारी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३५६ पटक पढिएको
गुर्जामाहिउँमा पुरिएर भेडा गोठाला वेपत्ताकाे खाेजी जारी

‘टुप्पीदेखि माथी ठाउँ छैन, गुर्जादेखी माथी गाउँ छैन’ भन्ने उखानबाट परिचित चुरेन, पुथा र गुर्जा हिमालका फेदीमा अवस्थित दुर्गम धवलागिरी गाउँपालिका, १ गुर्जामा हिउँमा पुरिएर वेपत्ता भेडा गाेठालाकाे खाेजी जारी छ ।

वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार भारी हिमपातबाट गुर्जाको सुकेलोटन भन्ने स्थानमा भेडागोठ रहेका ५० बर्षिय रामबहादुर छन्त्याल वेपत्ता भएका हुन । जिल्ला प्रहरी कार्यालयका अनुसार भारी हिमपातपछि अर्को गोठमा जानेक्रममा छन्त्याल चिप्लिएर खोंचमा लडेको र त्यहीं हिउमा पुरिएका हुन ।

‘छन्त्याल अन्य गोठालाहरुसँगै सुरक्षित स्थान तर्फ जान खोज्दा खोंचमा खसेको र बाक्लो हिउँले गर्दा स्थानीय उद्धार गर्न नसकेको बुझिएको छ’ जिल्ला प्रहरी प्रमुख प्रहरीनायव उपरिक्षक श्याम राईले भने, ‘पैदल मार्ग विच्छेद भएकोले प्रहरी पुग्न सक्ने अवस्था छैन । हेलिकोप्टरबाट स्थानीयलाई पुऱ्याईकाे र स्थानीबाट खोजी भैरहेकाे छ ।’
समुद्र सतहबाट ३२ सय २० मिटर उचाईमा अवस्थित गुर्जा गाउँको हिउँदभर बाक्लो हिउँको सिरकले छोपिन्छ । सवैभन्दा नजिकको वस्तीबाट गुर्जा पुग्न कम्तीमा ७ घन्टा उकालो ३५ सय मिटर अग्लो डाँडा काट्नु पर्ने भएकोले जव हिमपातको हुन्छ तव पुरै गाउँ संसारको स्थल सम्पर्कबाट विच्छेद हुन्छ ।