- Loading...
कोरोना खोपको अतिरिक्त डोज दिने स्वास्थ्य मन्त्रालयको निर्णय
- पुनहिल डट कम
- ३ साल अघि
- २८६ पटक पढिएको

सरकारले निश्चित समूहमा खोपको अतिरिक्त डोज दिने निर्णय गरेको हो। समितिले ६० वर्षभन्दा माथि र दीर्घरोग भएका व्यक्तिलाई अतिरिक्त डोज दिन सिफारिश गरेको थियो।
यसअघि स्वास्थ्य मन्त्रालयले ‘बुस्टर डोज’ लगाउने बताएको थियो। बुस्टर डोज दिनुअघि विशेष समूहका व्यक्तिलाई खोपकाे अतिरिक्त डोज दिन लागिएको हो। बुस्टर डोज भने सबैलाई दिइनेछ। मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार, ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएको र खोप लगाउँदा पनि एन्टिबडी नबनेका व्यक्तिहरू जोखिममा रहेको हुँदा अतिरिक्त डोज दिन लागिएको हो।
अहिले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप दिने तयारी गरिएको उनले बताए। “यस्ता व्यक्तिहरूमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले चाँडो खोप लगाउन जरुरी छ,” डा. अधिकारीले भने।
यसका लागि जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय भइरहेको उनले बताए। “खोप लगाउने तयारी तीव्र रूपमा भइरहेको छ,” उनले भने, “जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय गरी भेरोसेल, कोभिशिल्ड र अस्ट्राजेनेका खोप लगाउने तयारी गरिएको छ।”
अतिरिक्त डोज दिने मिति तोक्न भने बाँकी छ। चाँडै अतिरिक्त डोज दिने तयारी गरिएको प्रवक्ता डा. अधिकारीले बताए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
