FLASH NEWS
  • Loading...

बेनी–जोमसोम–कोरला सडकमा १४ वटा निर्माणाधिन,अझै १२ वटा पुल डिजाईन चरणमै डिजाईन चरणमै

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८० पटक पढिएको
बेनी–जोमसोम–कोरला सडकमा १४ वटा निर्माणाधिन,अझै १२ वटा पुल डिजाईन चरणमै डिजाईन चरणमै

बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर लामो सडकमा पर्ने नदी, खोला र खोल्सीमा निर्माण गर्नु पर्ने साना ठूलागरी ३२ वटा मोटरेवल पुलमध्य अहिलेसम्म जम्मा ६ वटा मात्र निर्माण भएका छन । यातायात संञ्चालनमा अाएका भएपिन तिप्ल्याङ र राहुघाट खाेलामाथी निर्मित पुलहरू हस्तान्त्रण हुन बाँकी छ । यी समेत पुलकाे संख्या ८ पुग्ने छ ।
१४ वटापुल निर्माणाधिन छन । अझै १२ वटा पुल डिजाईन चरणमै छन । रुप्सेछहरा र मुस्ताङको खहरेखोलामा निर्माणाधिन पुलहरु गत मनुसुनमा आएको बाढीले बगाएपछि उक्त स्थानमा कस्तो पुल बनाउने रिडिजाईन गर्न थालिएको आयोजनाले जनाएको छ ।
बेनी–जोमसोम–कोरला सडकमा डोलिडारले तीन वटा, पाल्पा स्थित पुल सेक्टर आयोजनाले ३ वटा र बाँकी २६ वटा पुल बेनी–जोमसोम–कोरला सडक आयोजना आफैले बनाउने भएका हुन ।
डोलिडारले जोमसोम र छुक्साङमा कालीगण्डकीमाथी पुल निर्माण गरिरहेको छ । पाल्पा स्थित पुल सेक्टर आयोजनाले तिप्ल्याङ र पोखरेवगर स्थित कालीगण्डकी माथी पुल निर्माण बनाएको छ । आयोजनाले बेगखोलामा निर्माण हुने पुलको डिजाईन एण्ड विल्ट मोडेलमा काम गर्न ठेक्का लगाएपनि काम सुरु भएको छैन । बेनी–जोमसोम–कोरला सडकमा बेगखोलामाथी पुल नहुँदा सवैभन्दाबढी यात्रुलाई सास्ती दिने स्थान हो ।

बेगखोलामा पुल ‘डिजाईन एण्ड विल्ड’ मोडेलमा बनाउने
११ मिटर चौडा कालोपत्रे स्तरमा सडक विस्तार गरिहेको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले ५ बर्षसम्म बेगखोलामा कस्तो पुल बनाउने डिजाईन सकेन । त्यसैगरी सडक विभाग मातहतकै कालीगण्डकी करिडोर र पुल महाशाखा विच पुल कस्ले निर्माण गर्ने भन्ने हानथापले पनि बेगखोला पुल निर्माण अलमलमा परेको हो ।
आयोजनाले डिजाईन फाईनल गर्न नसकेपछि सडक विभाग पुल महाशाखाले हस्तक्षेप गरी ठेकदार आफैले डिजाईन गरी पुल निर्माण गर्ने गरी ‘डिजाईन एण्ड विल्ड’ मोडेलमा पुल बनाउन विक्वीइ हिमालयन जेभिलाई भ्याट सहित ८ करोड ५० लाखबढीमा ठेक्का दिएको छ ।
‘हामीले ३३ महिना भित्र पुलको डिजाईन र निर्माण गर्ने गरी ठेक्का लिएका छौं । तीन महिना वित्यो, माटोको परिक्षणपछि एनलाईसिस भैरहेको छ’ कन्ट्याक्टर विक्वीइ  हिमालयन जेभिका प्रमुख आत्मराम सापकोटाले भने, ‘कालीगण्डकी र ठाडो गेग्रान ल्याउने खहरे खोलाको दोभान रहेकोले लोकेसन क्रिटिकल छ ।’
कन्ट्याक्टर सापकोटाका अनुसार पुल महाशाखा मातहतको ३ नम्बर सेक्टर पाल्पाले सुपरभाईजर हुनेगरी पुलको ठेक्का लगाईएको हो । सडक विभाग पुुल महाशाखा पाल्पा सेक्टरले कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अन्र्तगतका बेखोला बाहेक तिप्ल्याङ–महभीर र पोखरे–तोपानी जोड्ने कालीगण्डकी नदीमाथी पनि पुल निर्माण गरिरहेको छ । बेगलोखामा निर्माण हुने पुल ७० मिटर लामो हुने छ । पुलदेखी दायाँ–बायाँ २–२ सय मिटर लिङ्क सडक हुने छ ।
‘वल्लो–पल्लो र विचगरी तीन वटा पिलर रहनेगरी पुलको डिजाईन गरिरहेका छौं । तीन वटा पिलर कसरी राख्ने भन्ने समस्या हो । किनभने माथीबाट आउने खहरेको बाढी र कालीगण्डकीको बहावको तालमेल नमिले डुवानको जोखिम बढ्छ ।’ कन्ट्याक्टर सापकोटाले बताए ।
त्यसैविच गण्डकी प्रदेश सरकारले वेगखोलामा झोलुङ्गे पुल बनाउन ५० लाख बजेट विनियोजन गरेको भएपनि डिपिआर बनाउने कन्सल्टेन्टले समयमा काम नगर्दा यो वर्ष झोपु निर्माण हुन नसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।