- Loading...
हाइड्रोपावरमा पाइप पड्किँदा दुई इन्जिनियरको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- ३४५ पटक पढिएको

सोलुखुम्बुस्थित सोलुखोला दूधकोसी हाइड्रोपावरमा पाइप पड्किँदा दुई इन्जिनियरको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार दुवैजना सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको उक्त हाइड्रोपावरमा काम गर्थे । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट भएको थियो ।
दुर्घटनामा परी हाइड्रो मेकानिकल समुह माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर थापाको मृत्यु भएको हो । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किँदा रेग्मी र थापा बेहोस भएका थिए ।
उनीहरूलाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो । सो अस्पतालले थप उपचारका लागि काठमाडौँ रिफर गरेपनि मौसमका कारण बेलैमा काठमाडौँ पठाउन नसकिएका कारण दुवैको मृत्यु भएको बताइएको छ ।
घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर नै गम्भीर घाइते भएका छन् । विराटनगर निवासी घाइते मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । कम्मरमुनिको भाग चल्न नसक्ने अवस्थाका उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
