FLASH NEWS
  • Loading...

मौसम बद्ली, भोलि र पर्सि पानी पर्ने सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३१६ पटक पढिएको
Post Thumbnail

पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।

आज पारिलो घाम लाग्ने सम्भावना छैन । यो प्रणालीका कारण देशका धेरै ठाउँमा भोलि र पर्सि पानी पार्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हिजैदेखि नेपालमा परेको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको मौसम सामान्यदेखि बद्ली हुनेछ । आज तराईका जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर तराईका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बद्ली रही हल्का वर्षा हुने जनाएको हो । हिजोदेखि सुरु भएको यो प्रणाली भोलि र पर्सि देशभर फैलने र देशभरका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

यो प्रणालीको प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपात हुने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार बिहीवारदेखि भने यो प्रणाली क्रमिक रुपमा कमजोर हुँदै जाने छ।