- Loading...
विद्यालय तहमा पास हुन सबै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनैपर्ने
- पुनहिल डट कम
- ३ साल अघि
- २९७ पटक पढिएको

सरकारले गठन गरेको एक अध्ययन कार्यदलले विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस गरेको छ ।
‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ले विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम प्रतिशत आन्तरिक वा प्रयोगात्मक परीक्षामा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ हुने गरी अभ्यास गर्न सुझाव दिएको हो ।
हाल सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर आउने कुल अङ्कको आधारमा मात्र ग्रेडिङ गर्ने गरिएको छ । यसो गर्दा विद्यार्थीले सैद्धान्तिक वा प्रयोगात्मकमध्ये एउटा पक्षमा मात्र धेरै अंक ल्याउँदा पनि उतीर्ण हुने अवस्था छ ।
कार्यदलले कक्षा ८, १० र १२ मा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र मूल प्रमाणपत्र दिन सुझाव दिएको छ । न्युनतम ३५ अंक तोकिएपछि सोभन्दा कम सिकाइ उपलब्धि प्राप्त गर्नेहरूको ग्रेडसिटमा ‘कम्पिलिटेड’ भनेर उल्लेख नगर्न पनि सुझाव दिएको छ ।
विद्यार्थीले आन्तरिक वा प्रयोगात्मकतर्फ सी र आवधिक वा सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त गरी समग्रमा डी ग्रेड प्राप्त गर्न नसकेसम्म सो तह पूरा भएको नमानी मूल प्रमाणपत्र पनि नदिन उपयुक्त हुने कार्यदलको सुझाव छ।
माध्यमिक शिक्षा परीक्षा र माध्यमिक तहको अन्तिम परीक्षामा सैद्धान्तिक वा आवधिक मूल्यााङ्कनमा डी र आन्तरिक वा प्रयोगात्मक मूल्याङ्कनमा सी ग्रेड प्राप्त गरी समग्रमा प्रत्येक विषयमा कम्तीमा डी ग्रेड प्राप्त नगरी मूल प्रमाणपत्र नदिन कार्यदलले सुझाव दिएको छ । तर त्यस्ता विद्यार्थीलाई ननग्रेड उल्लेख गरेर मात्र ग्रेड सिट दिनुपर्ने पनि सुझाव दिइएको छ ।
कक्षा १० र माध्यमिक तहको अन्तिम परीक्षामा नन ग्रेड प्राप्त विद्यार्थीले माथिल्लो तह वा कक्षामा अध्ययनको अवसर पाउने छैनन् । त्यस्ता विद्यार्थीले स्वदेशमा रहेका विदेशी बोर्डसम्बद्ध शिक्षण संस्था र अन्य मुलुकमा गई कुनै पनि बोर्डमा भर्ना भएर समेत माथिल्लो अध्ययन गर्न पाउने छैन । यो ग्रेडिङ शैक्षिक वर्ष २०७८ देखि सबै कक्षा र तहमा लागु गर्न पनि कार्यदलले सुझाव दिएको छ ।
कार्यदलले मूल प्रमाण पत्र नलिई देश तथा विदेशमा माथिल्लो तह अध्यययन गर्न नसकिने र देशबाहिर गई कसैले अध्ययन गरेमा समकक्षता प्रदान नगर्न पनि सरकारलाई सुझाव दिएको छ । तर रोजगारदाता संस्थाले रोजगारीको लागि उपयुक्त ठानेमा न्युनतम ग्रेड नल्याउने विद्यार्थीलाई पनि बाधा नपर्ने कार्यदलको सुुझाव छ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले २०७७ भदौ ११ गते नेपालमा ग्रेडिङ पद्धतिबारे अध्ययन गरी प्रतिवेदन दिन राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
