- Loading...
संसारको सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुँदै
- पुनहिल डट कम
- ३ साल अघि
- ३७० पटक पढिएको

अमेरिकी अन्तरिक्ष नियोग नासाले निर्माण गरेको संसारकै सबैभन्दा शक्तिशाली टेलिस्कोप जेम्स वेबको आज प्रक्षेपण हुने भएको छ । दश बिलियन अमेरिकी डलरको लागतमा निर्माण भएको टेलिस्कोपको क्रिसमस डे को अवसर पारेर आज प्रक्षेपण गर्न लागिएको बीबीसीले जनाएको छ ।
नासासहित युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले टेलिस्कोप निर्माण गरेका हुन् । टेलिस्कोपले पृथ्वीमा उडेको चराको तस्बिर पनि अन्तरिक्षबाटै स्पष्टरुपमा खिच्न सक्ने नासाले जनाएको छ ।
अहिलेसम्म अन्तरिक्षमा पठाएको टेलिस्कोपमध्ये सन् १९९० मा प्रक्षेपण गरिएको हब्बल टेलिस्कोपलाई शक्तिसाली मानिन्छ । नासाले आज प्रक्षेपण गर्न लागेको टेलिस्कोप हब्बल भन्दा एक सय गुणा शक्तिशाली रहेको बीबीसीले जनाएको छ ।
यस टेलिस्कोपले ब्रम्हाण्डको सुरुआतमा निर्माण भएका ग्यालेक्सी, उल्कापिण्ड र ग्रहलाई पनि पत्ता लगाउने अपेक्षा रहेको नासाले जनाएको छ । जेम्स वेब टेलिस्कोपलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो विज्ञान परियोजना मानिएको छ । *अनलाइनखवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
