FLASH NEWS
- Loading...
रघुगंगाको ११ औँ गाउँसभा
- पुनहिल डट कम
- ३ साल अघि
- २५१ पटक पढिएको
शुक्रवार सम्पन्न गाउँपालिकाको ११ औ गाउँसभाले संस्था दर्ता विधेयक–२०७८ पारित गरेको छ ।
सभाले संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ । सभाले पालिकाको बिनियोजन गर्न बाँकी बजेट बाँडफाड समेत गरेको छ ।
पालिकाको नगद मौज्दातबाट विभिन्न २९ योजनाका लागि रु १ करोड ६२ लाख ४१ हजार २०५ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
सभामा लेखा समितिका संयोजक रिम कटुवालद्धारा प्रस्तुत बेरुजु फस्यौट सम्बन्धी प्रस्ताब बमोजिम रु ४५ लाख बराबरको बेरुजु नियमित गर्ने निर्णय समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस