- Loading...
सन्तबहादुर प्रजा बने नेपालको पहिलो चेपाङ मन्त्री
- पुनहिल डट कम
- ३ साल अघि
- ३५१ पटक पढिएको

मकवानपुरको राक्सिराङ गाउँपालिकाका सन्तबहादुर प्रजा नेपालको पहिलो चेपाङ मन्त्री बनेका छन्।
प्रजा बागमती प्रदेशको भौतिक पुर्वाधार राज्यमन्त्री नियुक्त भएसँगै चेपाङ समुदायको नेपालकै पहिलो मन्त्री बन्ने अवसर पाएका हुन्। प्रजालाई प्रदेशसभा निर्वाचनमा कांग्रेसले समानुपातिक कोटामा प्रदेशसभा सदस्य चयन गरेको थियो। मकवानपुरको कर्णाली भनेर चिनिने चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकाबाट नेपाली कांग्रेसको राजनीतिमा उनी संलग्न छन्।
नेपालमा नै लाेपोन्मुख र पछाडि परेका समुदायको नेतृत्व गर्दै मन्त्री बनेका प्रजा कुनै समयमा मकवानपुरको विकट गाउँदेखि बागमतीका विभिन्न जिल्लामा काेदोसँग नाङ्लो र डोको साट्न पुग्थे।
वि.स. २०३२ सालमा मकवानपुरको साविक काँकडा गाविसको धिराङमा जन्मिएका प्रजाको बाल्यकालल निकै नै कष्टकर बित्यो। गरिबी र अभावको चपेटामा हुर्किएका उनको दैनिकी बिहान र बेलुका हातमुख जोड्नको लागि गिठ्ठा, भ्याकुर र कदन्मुल खोज्न जंगल धाउँदैमा बित्ने गर्थ्याे। उनलाई अझैपनि त्यो समय झलझली याद आउछ।
अलि ठूलो भएपछि नाङ्लो र डोको बनाउन सिकेका प्रजा उक्त सामान बिक्री गर्न मकवानपुरसहित चितवन र धादिङसम्म पुग्थे। ती सामानलाई मकै, कोदो, धान र तरकारीसँग साटेर ल्याउने गरेको उनले सुनाए। बाल्यकाल जंगलको बीचमा रहेको झुपडीमा बिताएका उनको राजनीतिक यात्रा २०४८ सालदेखि सुरु भयो।
गाउँमा विद्यालय नहुनु, दक्ष जनशक्ती नहुनु र घरको अभावले गर्दा पढ्ने समय नहुँदा उनले ५ कक्षामा ५ पटकसम्म पढे। गाउँमा ८ कक्षासम्मको मात्रै पढाइ हुने भएकोले जेनतेन उनले त्यतिसम्म मात्रै अध्ययन गरेका छन्। तर, त्यतिबेला गाउँमा ८ कक्षा पढ्नु भनेको पनि सामान्य कुरा थिएन।
०४८ सालमा कांग्रेसको गाउँ इकाई सदस्य बनेका प्रजा ०५३ सालमा पार्टीको वडा सभापति बने। ०५६ सालमा नेपाल तरुण दलको काँकडा इकाई सभापति भएका उनी ०६२ सालदेखि ०६७ सम्म पार्टीबाट सर्वदलीय संयन्त्रको संयोजक भएका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
