FLASH NEWS
  • Loading...

क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६० पटक पढिएको
क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शनिवार यसैपनि विदा हुने भएकोले सरकारले दिएको विदाको खासै औचित्य भने देखिदैन ।

साथै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ ।

सरकारले हुलाक वस्तुको महसुल दर पुनरवलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा (इएमएस)को महसुसल पुनरावलोकन गर्ने निर्णयसमेत गरेको छ ।