- Loading...
बेनी–जोमसोम सडकको भीरकाटेमा सुरुङ मार्ग बन्ने
- पुनहिल डट कम
- ३ साल अघि
- ३५१ पटक पढिएको

बेनी–जोमसोम–कोरोला सडक यात्रा गरेका यात्रुले सुरुङ मार्ग नपत्याउन सक्छन । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ मा पर्ने निर्माणाधिन बेनी–जोमसोम–कोरला सडकको पहिलो प्याकेजमा पर्ने महभीर–टिम्मुरे खण्डमा पर्ने भीरकाटेमा ३ सय मिटर लामो सुरुङ निर्माण हुने भएको छ ।
गण्डकी प्रदेशको लाईफलाईन मानिएको उत्तर–दक्षिण अन्तरदेशिय ब्यापार मार्ग कालीगण्डकी करिडोर निर्माणाधिन बेनी–जोमसोम सडक निर्माण सम्पन्न भैसक्ने वेलामा अझै डिजाईन हुँदै छ । ०७६ पुसमा सडक निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।
सडकको सवैभन्दा कठिन भाग मानिएको १८ किलोमिटर उत्तर महभीर–टिम्मुरे खण्ड र २८ किमीमा पर्ने काप्रे–बाँदरजुँग भीर खण्डमा साविकको मापदण्ड अनुसार डिजाईन परिवर्तन गर्न लागिएको हो ।
काप्रे–वाँदरजुँग भीरमा विष्फोटक पदार्थ प्रयोग गरी सडक चौडा पारिदै छ । महभीर–टिम्मुरे खण्डको भीरकाटेमा भने ३ सय मिटर सुरुङ मार्ग बनाउन अध्ययन भैरहेको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । दुवै खण्ड संसारकै गहिरो गल्छीमा पर्ने र अति साँघुरो कडा पहरा भएकोले मेसिन वा मानवश्रमबाट खोल्न नसकिएको आयोजनाको दावी छ ।
‘सडकको महभीर–टिम्मुरे खण्डमा मापदण्ड अनुसारको सडक निर्माण गर्न नसकिने भएपछि डिजाइन परिवर्तनगरी सुरुङ्गको संभावना अध्ययन भैरहेको छ’ बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, ‘अर्को जटिल भाग मानिएको काप्रेभीरमा भने विष्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार गर्दैछौं ।’
बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडकमध्य जोमसोम–कोरला एक सय १० किमी सडक पीच/ग्राभेल स्तरमा निर्माण सम्पन्न भएका छन । बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई निर्माण भैरहेकोमा चारवटै प्याकेजको काम अधुरा छन ।
आयोजनाका प्रमुख प्रजापतिका अनुसार गलेश्वर–तातोपानी पहिलो खण्डमा ६० प्रतिशत, तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६० प्रतिशत, घाँसा–लेते तेस्रो प्याकेजमा ८५ प्रतिशत र लेते–जोमसोम चौंथो प्याकेजमा ६५ प्रतिशत भौतिक प्रगती छ । बेनी–जोमसोम खण्डमा ०७६ पुस मसान्तमा सक्नेगरी ७ मिटर पीच सहित ११ मिटर सडक निर्माण गर्न २ अर्व ४९ करोडमा र जोमसोम–कोरला १ सय १० किमी ७ मिटर ग्राभेलसहित ११ मिटर चौडा सडक निर्माण गर्न २ अर्व ५० करोडको लागतमा ठेक्का लगाईएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
