- Loading...
वर्षमा २१५ महिला जले
- पुनहिल डट कम
- ३ साल अघि
- ४२२ पटक पढिएको

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २०७७ मंसिर १५ देखि २०७८ मंसिर १४ सम्म २१५ जना महिला (अधिकांश वयस्क र वृद्धा तथा बालिकासमेत) आगलागीमा परेर जलेका हुन् ।
जलेका मध्ये ५८ को मृत्यु भएको र १५७ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ । नेपालमा एकवर्षमा आगलागीबाट भएको (घाइते र मृत्यु) का ४८९ घटनामध्ये महिलाहरु ४३.९७ प्रतिशत छन् । त्यसबाहेक पुरुष १८० पुरुष र ९४ जना पहिचान नखुलेका थिए ।
महिलाहरुको आगो अथवा घुर ताप्ने क्रममा, खाना पकाउँदा र ग्याँस चुहिएर तथा पड्केर आगलागी हुँदा जलेर घाइते तथा मृत्यु भएका छन् । एक वर्षमा खाना पकाउने क्रममा आगो लागेर, ग्यास चुहिएर तथा पड्केर ५८, जाडोयाममा आगो अथवा घुर ताप्ने क्रममा २५ महिलाको मृत्यु र ४२ महिला घाइते भएको तथ्यांक छ । तीमध्ये ५१ जनाको साडी र शरीरमा लगाएका अन्य कपडाबाट आगो सल्किएको थियो ।
यी घटनाले खाना पकाउनेजस्ता काममा संलग्न हुने र धोतीलगायत पहिरन लगाउने गरेका कारण अधिक जोखिममा महिला रहेको देखाउँछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अध्ययनले पनि खुला आगोमा खाना पकाउने वा असुरक्षित चुलोका कारण महिलाहरु आगलागीको उच्च जोखिममा रहेको देखाउँछ ।
तराईमा महिलालाई भान्सामा जोखिम धेरै हुने, लामो साडी लगाएका कारण भाग्न समस्या हुने, पहाडी भेगमा रक्सी बनाउँदा ह्वार्रर आगो लागेर जल्ने लगायतका घटना हुने गरेको छ । घरायसी काममा संलग्न महिला तथा गृहिणीहरु धेरै आगोको जोखिममा रहेकोले सचेतना जगाउने, आगो प्रयोग गर्दा प्राविधिक कुरामा ध्यान दिने जस्ता सावधानी अपनाउन चेनतामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवस्यकता देखिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
