- Loading...
रञ्जु दर्शनाले परित्याग गरिन् विवेकशील साझा पार्टी, तत्काल कतै नजाने
- पुनहिल डट कम
- ३ साल अघि
- २७४ पटक पढिएको

युवा नेत्री रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् ।
पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् । उनले सो पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको बताएकी छिन् ।
‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आज बिहीबार उनले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै इमेल र पत्र पठाएर पार्टीको सम्पूर्ण जिम्मेवारी र पदबाट अलग भएको घोषणा गरेकी छन् । आखिर रञ्जु जस्ती जुझारु युवा नेत्रीले विवेकशील साझा पार्टी किन छोडिन् ? भनेर राजनीतिक वृत्तमा चासो बढेको छ ।
उनले अध्यक्ष मिश्रलाई लेखेको पत्रमा भनेकी छन्, ‘मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रूपमा सक्रिय रहनेछु ।’
उनले अध्यक्ष मिश्रलाई लेखेको पत्रअनुसार पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टी परित्याग गरेको स्पष्ट बताएकी छन् । आज बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
