- Loading...
‘ओमिक्रोन प्राकृतिक खोपजस्तै, यसले मानिसको प्रतिरक्षा शक्ति बढाउँछ’
- पुनहिल डट कम
- ३ साल अघि
- ३७२ पटक पढिएको

छिमेकी देश भारतमा ओमिक्रोन संक्रमणका केसहरु बढिरहेका छन् । यसको संक्रमण बढेर फेरि धेरै मानिसहरुको मृत्यु हुन सक्ने डर बढिरहेका बेला भारतका शीर्ष स्वास्थ्य विशेषज्ञहरुले भने ओमिक्रोन भेरिएन्ट कोरोनाको प्राकृतिक खोपजस्तै भएको बताएका छन् । डाक्टरहरुले यसको कारण संक्रमितहरुमा कुनै लक्षण नदेखिनु वा मध्यम खालको लक्षण मात्र देखिनु भएको बताएका छन् । शीर्ष डाक्टरहरुका अनुसार ओमिक्रोनबाट संक्रमित भएपछि मानिसहरु गम्भीर रुपले बिरामी हुँदैनन् बरु यसको सकारात्मक प्रभाव यो हुन्छ कि यसबाट शरीरमा कोरोनाविरुद्ध एन्टिबडी बन्छ ।
इम्युनोलोजिस्ट डा. गोवद्र्धन दासले ओमिक्रोन डेल्टा भेरिएन्टकै माइल्ड अर्थात मध्यम रुप भएको बताए । उनका अनुसार भलै यो भेरिएन्टका म्युटेशन धेरै छन् तर यसको संक्रमणपछि निकै कम मानिसहरु मात्र अस्पताल जानु परेको छ । आउटलुक म्यागजिनसँग कुरा गर्दै जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक र प्रख्यात इम्युनोलोजिस्ट डा. गोवद्र्धन दासले ओमिक्रोन कोरोनाको प्राकृतिक खोप भएको आफूलाई विश्वास भएको बताए ।
उनका अनुसार समयको साथसाथै भाइरस कमजोर भएको छ । आज वैज्ञानिकहरुले यस्तै किसिमको भाइरसको प्रयोग गरेर खोप बनाउँछन् । खोपमार्फत भाइरसको कमजोर रुपलाई मानिसको शरीरमा इन्जेक्ट गरिन्छ जसबाट मानिसको शरीरमा एन्टिबडी बन्छ । डा. दासका अनुसार धेरै म्युटेशन मानिसको शरीरको लागि राम्रो हो । उनी मान्छन् कि हामी जति धेरै भाइरससँग लड्छौं हाम्रो प्रतिरक्षा प्रणाली कोरोनाविरुद्ध उत्तिकै बलियो हुन्छ । डा. दासका अनुसार ओमिक्रोन यतिबेला कोरोनाविरुद्ध उपलब्ध सबैभन्दा प्रभावकारी खोप हो ।
इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर)का वैज्ञानिक डा. एन के मेहराका अनुसार ओमिक्रेन हाम्रो लागि वरदान साबित हुन सक्छ । यद्यपि यो भेरिएन्टबाट हरेक देशमा एउटै किसिमको संक्रमण हुन्छ वा हुँदैन भन्ने हेर्न बाँकी नै छ । डा. मेहराका अनुसार स्थिति जे जस्तो भए पनि हामीले कोरोना प्रोटोकल पच्छ्याउनु जरुरी छ । यो यसकारण किनकि यदि बिरामीहरुको संख्या बढ्यो भने देशको स्वस्थ्य संरचनामा फेरि संकट आउन सक्छ ।
म्याक्स हेल्थकेयरका ग्रुप मेडिकल निर्देशक डा. सन्दिप बुधिराजा पनि ओमिक्रोनले प्राकृतिक खोपले जस्तो काम गर्ने तर्कसँग सहमत छन् । उनका अनुसार ओमिक्रोन कमजोर हुनु ती गरिब देशहरुको लागि राम्रो हो जहाँ खोप लगाउने काम नगण्य मात्रै भएको छ । उनका अनुसार यो भेरिएन्टले कम लक्षणका साथ धेरै मानिसहरुलाई संक्रमित गर्नेछ जसबाट जनसंख्याको ठूलो हिस्सा भाइरसविरुद्ध इम्युन हुनेछ । डा. बुधिराजाले अहिले अलग अलग देशहरुको डाटाको विश्लेषण गर्नु जरुरी रहेको बताए ।
पुणेको डिवाइ पाटिल मेडिकल कलेजका प्राध्यापक डा. अमिताभ बनर्जीका अनुसार भाइरस प्रकृतिमा जीवित रहनको लागि प्रकृतिको अनुकुल ढल्दै जान्छन् । कोरोनाभाइरसको साथमा पनि यस्तै भइरहेको छ । यो नयाँ भेरिएन्टको रुपमा धेरै संक्रामक त छ तर प्रकृतिको अनुकूल कमजोर पनि छ । डा. बनर्जीका अनुसार प्राणघातक भाइरस एक व्यक्तिलाई संक्रमित गरेर त्यही व्यक्तिसँगै मर्छ । तर, त्यसको माइल्ड (मध्यम) भेरिएन्ट प्रकृतिमा जीवित रहेर तीब्र रुपमा फैलिन्छ र मानिसहरुको प्रतिरक्षा शक्ति बढाउँछ । *समाचार डिसीनेपालमा प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
