- Loading...
पूर्वमुख्य मन्त्रीले विमकाे किसानी मावि/कृषी क्याम्पस भवन उद्घाटन गरे
- पुनहिल डट कम
- ३ साल अघि
- ३५९ पटक पढिएको

मालिका गाउँपालिका, ७ विम स्थित किसानी माध्यामिक विद्यालय तथा किसानी कृषी क्याम्पसका भवनहरुको सोमबार एकै दिन छुट्टाछुट्टै कार्यक्रम विच उद्घाटन भएको छ ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्वास्थ्य मन्त्री नरदेवी पुन र राष्ट्रिय सभा सदस्य नवराज शर्माले क्रमश: कृषी क्याम्पस (वालीविज्ञान, पशु विज्ञान तीन वर्षे स्नातक) तह भवन, माध्यामिक तह भवन र आधारभुत तह भवनको पालैपालो उद्घाटन गरे ।
‘नेपालमा टूलो औधोगिक वातावरण छैन, भुगोल, जनसंख्या समेतको कारणले तत्काल संभव पनि छैन । हामीले कृषी, पशुपालन वा पर्यटनबाटै आफुलाई स्थापित गर्ने हो । गाउँगाउँमा खुलेका यस्ता कृषी, पशु विज्ञान तथा अन्य प्राविधिक विषयका स्कुल/क्याम्पसले देश विकासमा योगदान पुऱ्याउने पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले भने, ‘इजरायल, मलेशियाबाट नेपालले कृषीमा कसरी परिवर्तन गर्न सकिन्छ अनुसरण गर्नु जरुरी छ ।’
विद्यालयको मुख्य १२ कोठे भवन साविक शिक्षा कार्यालयको दुई पटक गरी ४८ लाख, गाउँपालिका तथा गण्डकी प्रदेश सरकारको २४ लाखगरी ७२ लाख र अपुग भएको ८ लाख अन्यश्रोतगरी ८० लाखको लागतमा बनेको हो । त्यसैगरी शिक्षा कार्यालयको ३६ लाख लागतमा छुट्टै चार कोठे भवन, पुन:निर्माण प्राधिकरण (भुकम्प)बाट ६९ लाख ६४ हजारमा अर्को ४ कोठे भवन बनेको विद्यालयका प्रध्यानअध्यापक जंग गर्वुजाले बताए ।
प्रअ गर्वुजाका अनुसार ०६८ सालमा शिक्षा कार्यालयकाे ४ काेठे भवनकालागी ३६ लाख अाएपछि विद्यालयका भवनहरू निर्माणा सुरू गरी पटक–पटक फरक फरक दाता खाेजेर भवनहरू सम्पन्न गरिएका हुन । भवनमा हालसम्म भएकाे सवै खर्चकाे अन्तिम हिसाव पनि बाँकी छ । तिर्नु पनी बाँकी छ ।
त्यसैगरी लायन्स क्लव इन्टरनेशनलको २ करोड २५ लाख रुपैयाको आर्थिक सहयोग किसानी माध्यामिक तहकै प्राविधिकधार तर्फ पठाई हुने छुट्टै ८ कोठे भवनको छुट्टै कार्यक्रमका विच लायन्स क्लव इन्टरनेशनलका पूर्व निर्देशक संजय खेतानले उद्घाटन गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
