- Loading...
श्रीलंकाको पोस्टमा नेपालको ६ गोल
- पुनहिल डट कम
- ३ साल अघि
- ३९२ पटक पढिएको

साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई हराएको छ । बंगलादेशको ढाकामा नेपालले बुधबार श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले हराएको हो ।
ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरिन् ।
खेलको पाँचौ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाईन् । प्रिती राईको पासमा रश्मीले पेनाल्टी एरियाको बाहिरबाट गोल गरिन् । सातौं मिनेटमा सबिताले गोल गर्दा नेपालको अग्रता २-० को बन्यो । रश्मीको फ्री-किकमा सबिताले सहजै गोल गरिन् ।
खेलको ४३ औं मिनेटमा मेनुकाले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाईन । सबिताको क्रसमा उनले गोल गरेकी हुन् ।
खेलको ४८ औं मिनेटमा सलोनी राना मगरको क्रसमा रजनीले गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाईन् । खेलको ५३ औं मिनेटमा सलोनीले गोल गर्दा नेपालको अग्रता ५-० को बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन् ।
यस जितसँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। श्रीलंकाको यो लगातार तेस्रो हार हो । पुछारको श्रीलंका अंक विहीन रहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
