FLASH NEWS
  • Loading...

म्याग्दीका लक्षित जनसंख्याकाे ३२ प्रतिशत कोरोना विरुद्धको खोपबाट अझै वन्चित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २४७ पटक पढिएको
म्याग्दीका लक्षित जनसंख्याकाे ३२ प्रतिशत कोरोना विरुद्धको खोपबाट अझै वन्चित

सरकारले १८ वर्षमाथीका सवै नागरिकलाइ सडकमा भेटेपनी नजिककाे श्वास्थ्य संस्थामा लगी काेराेना विरूद्धकाे खाेप लगाउन निर्देशन दिएपनि हिमाली जिल्ला म्याग्दीका १८ वर्षमाथीका लक्षित ७२ हजार ९ सय ७३ जनसंख्यामध्य २३ हजार ३ सय ९६ जना अर्थात ३२ प्रतिशत जनसंख्याले भने अझै कोरोना विरुद्धको खोप पाउन सकेका छैनन ।
कोरोना विरुद्धको खोप लगाउनु पर्ने लक्षित जनसंख्यामध्य ३९ हजार ३ सय ९९ जनाले पूर्णखोप लगाएका छन । थप १० हजार १ सय ७८ जनाले पहिलो डोज खोप लगाएका छन । पहिलो डोज लगाएका नागरिकलाई पुस ४ गतेसम्म दोस्रो डोज लगाउने लक्ष्य छ । पूर्ण डोज खोपमा कोभिशिल्ड, भेरोशिल्ड र एक डोज मात्र लगाउने जोन्सन एण्ड जोन्सन समेतका खोप समावेश छन ।
सरकारले १८ वर्षमाथीका सवै नागरिकलाई कोरोना विरुद्धको खोप लागाउने अभियान अन्र्तगत खोपबाट वन्चित कोही नागरिक भेटिए नजिकको खोप केन्द्रमा लगी खोप लगाउने निर्देशन भएपनि म्याग्दीमा अझै २३ हजारबढी लक्षित जनसंख्या खोपबाट वन्चित भएको तथ्याङ्कले देखाएको छ ।
‘ब्यवहारमा केही छिटफुटबाहेक सवैले खोप लगाएको अनुमान गरेका छौं । तर श्वास्थ्य संस्थाबाट खोप लगाएको विवरण नआउँदा कोरोना विरुद्धको भाक्सीनको अनलाईन सिस्टममा ३२ प्रतिशत लक्षित जनसंख्या खोप नपाएको देखिन्छ’ श्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले भने, ‘धेरै जनसंख्या विदेश भएकोले तथ्याङ्क फरक देखिएको हुन सक्छ । केही टाढा गोठ रहेका वा कुनै कारणले खोप लिन नआएका पनि छुटेका हुन सक्छन, खोजी खोजी कोरोना विरुद्धको खोप लगाउने अभियानमा छौं ।’
सरकारले कोरोना विरुद्धको खोप पाउन नसकेका छिटफुटलाई पनि खोजी खोजी खोप लगाउन भने पनि एक्लै आएका ब्यक्तिलाई भने खोप लगाउन ब्यवहारिक समस्या भएको छ । खोपको एक भायलमा ५–१० डोज खोप हुने र एक जनालाई मात्र एउटा भायल खोप खोल्न नमिल्ने भन्दै स्वास्थ्यकर्मीले समुह मिलाएर आउन भन्ने गरेका छन ।
त्यसैविच सरकारले आगामी पुस ४ देखी १४ गतेसम्म देशभरका १२ बर्षदेखी १७ वर्ष उमेर समुहका सवै वालवालिकालाई खोप लगाउने भने पनि जिल्लामा यो समुहमा कति बालबालिका छन यकिन तथ्याङ्क छैन । स्वास्थ्य कार्यालयले १२–१७ वर्ष उमेर समुहका बालबालिकाको विवरण उपलब्ध गराउन पालिका र सवै विद्यालयहरुलाई पत्राचार सहित सूचना जारी गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल